युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रावलको निधन

Share News

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । 

६१ वर्षीय रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीवार बिहान उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ । मुटुमा समस्या भएपछि रावललाई अस्पताल पुर्याइएको थियो । रावलका श्रीमती, एक छोरा र छोरी छन् ।

निर्जीवन बीमा कम्पनीमा दुई दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।