कक्षा १२ को विज्ञानतर्फ ७२.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Share News

यस वर्ष कक्षा १२ को विज्ञान सङ्कायतर्फको परीक्षामा ७२ दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले आइतवार प्रकाशित गरेको परीक्षाफलअनुसार नियमिततर्फका ३० हजार २ सय परीक्षार्थीमध्ये २१ हजार ८ सय ३८ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ ४७ प्रतिशत अर्थात् २ हजार ६८ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले अभियानलाई जानकारी दिए । आंशिकतर्फको परीक्षामा ५ हजार ५ सय ७४ परीक्षार्थी सहभागी थिए ।

विज्ञानतर्फ गतवर्षको तुलनामा २ प्रतिशतले नतीजा वृद्धि भएको पनि परीक्षा नियन्त्रक अर्यालले बताए । गतवर्ष विज्ञानतर्फका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । आंशिकतर्फ भने गतवर्षको तुलनामा १० प्रतिशतले नतीजा घटेको छ । गतवर्ष ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष सात जना विद्यार्थीको परीक्षा स्थगित भएको र १९ विद्यार्थीको परीक्षा रद्द गरिएको पनि उनले बताए । गत वैशाख १७ देखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।