फागुन ११, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एक हजार ६ सय २३ मतमध्ये सम्बाहाम्फेले ८ सय ७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७ सय ५१ मत ल्याएका छन् । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १ सय २० मत अन्तरले विजयी भएका हुन् ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डी।के। ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आर।सी। श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले बताए ।
साथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।