पर्वतका १० शैक्षिक संस्थामा विद्युतीय पुुस्तकालय बनाइँदै

Share News

फागुन १५, (अस) । पर्वतका १० ओटा क्याम्पसमा विद्युतीय पुस्तकालय सञ्चालन गरिने भएको छ । नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक तथा पर्वत जापान सेवा समाजको आर्थिक सहयोगमा विद्युतीय पुस्तकालय सञ्चालन गर्न लागिएको हो ।

सदरमुकाम कुश्मा नजिकको गुप्तेश्वर बहुमुखी क्याम्पस, नारायण मावि, हिमालय मावि, कालिका मावि, मङ्गलोदय मावि, महेन्द्रशिखरी मावि, अन्नपूर्ण मावि, विद्याज्योति मावि र विष्णु माविमा पुस्तकालय सञ्चालन गरिने फाउण्डेशनका निर्देशक धनकुमार जोशीले बताए । विद्यालयको व्यवस्थापनमा इण्टरनेटको पहुँच नपुगेका तर विद्युत्को पहुँच पुगेका विद्यालयमा पुस्तकालय स्थापना गर्न लागिएको उनले जानकारी दिए । यसले शिक्षामा आधारित सामग्रीको सङ्ग्रहलाई विद्यार्थीको सहज पहुँचमा पु¥याउने उनको भनाइ छ । विद्युतीय पाठ्यक्रमबमोजिम सङ्कलित शैक्षिक सामग्रीका लागि कक्षाकोठा व्यवस्थापन गर्न २ साताको समय दिइएको प्राविधिक वसन्त श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।