भैरहवा विशेष : अन्तरक्रिया : सागर अधिकारी

Share News

सागर अधिकारी
पर्यटन व्यवसायी, भैरहवा


सिद्धार्थनगर : कृषि, पर्यटन, उद्योग र व्यवसायको शहर

भैरहवा प्रशस्त औद्योगिक, व्यापारिक तथा पर्यटकीय सम्भावना बोकेको शहर हो । भारतीय सीमा नजिक भएकाले र नेपालको वीरगञ्जपछि बढी राजस्व सङ्कलन गर्ने भन्सार नाकासमेत यही भएकाले यो शहरले राष्ट्रिय अर्थतन्त्रमा महइभ्वपूर्ण स्थान राख्छ । तर, लगातारको लोडशेडिङ, बैङ्कहरूको चर्को ब्याजदर, ढुवानी व्यवसायीहरूको सिण्डिकेट, स्थानीय निकायले लिने करलगायतका कारण यस क्षेत्रमा उद्योग–व्यवसाय सहज रूपमा सञ्चालन गर्न सकिने अवस्था नरहेको यहाका उद्योगी–व्यवसायीहरू बताउँछन् । आर्थिक अभियान दैनिकले गत साता भैरहवाका उद्योगी–व्यवसायी, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूसँग भैरहवाको आर्थिक अवस्था र सम्भावनाका विषयमा अन्तरक्रिया गरेको थियो । प्रस्तुत छ, अन्तरक्रियामा सहभागीहरूको विचारको सार :

 

 

पर्यटक बस र रिक्साको समेत सिण्डिकेट छ



रूपन्देहीमा पर्यटन क्षेत्रको अथाह सम्भावना छ । तर पनि यस क्षेत्रको विकास अपेक्षित रूपमा हुन सकेको छैन । यातायातको गुणस्तर पनि पर्यटनका लागि अति नै महत्वपूर्ण हुन्छ । तर, काठमाडौंदेखि भैरहवा वा लुम्बिनीसम्म थोत्रा गाडीमा हिँड्नुपर्ने बाध्यता छ । लुम्बिनीमा पुगेपछि रिक्सा चालकहरूले पर्यटकहरूसँग मनोमानी पैसा असुल्छन् । यसले नराम्रो सन्देश दिएको छ । भैरहवाबाट लुम्बिनीसम्म रिजर्भ गरी गाडीमा जाँदा लाग्ने रकमबराबर त पर्यटकले लुम्बिनीभित्र रिक्सालाई नै बुझाउनुपर्छ । उनीहरूको पनि सिण्डिकेट छ । तर, लुम्बिनि विकास कोष यस विषयमा मौन छ । उसले रिक्साको भाडादर राख्न सकेको छैन ।

लुम्बिनीमा पर्यटकहरूका लागि ब्याट्रीबाट चल्ने गाडीहरू सञ्चालनमा ल्याउनुपर्छ । तर, त्यसका लागि पर्यटन व्यवसायीहरूले गरेका सबै कार्य निरर्थक बनेका छन् । एउटा स्तरीय पर्यटक गाडी ल्याउनुप¥यो भने यातायात समितिहरूसँग अनुमति माग्नुपर्छ । सरकारले केही गर्न सक्दैन । सिण्डिकेटका कारण थोत्रा गाडीमा पर्यटकले यात्रा गर्नुपरिरहेको छ । यसको अन्त्य नभएसम्म पर्यटन क्षेत्रको विकास सम्भव छैन । पर्यटन क्षेत्रमा निजीक्षेत्रको जति लगानी छ, त्यसको पाँच प्रतिशत मात्र पनि सरकारले लगानी गरेको खण्डमा मुलुकको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।