विदुर ढुङ्गाना
प्रबन्ध निर्देशक, जगदम्बा सिमेण्ट
महासचिव, सिमेण्ट उत्पादक सङ्घ, रूपन्देही
सिद्धार्थनगर : कृषि, पर्यटन, उद्योग र व्यवसायको शहर
भैरहवा प्रशस्त औद्योगिक, व्यापारिक तथा पर्यटकीय सम्भावना बोकेको शहर हो । भारतीय सीमा नजिक भएकाले र नेपालको वीरगञ्जपछि बढी राजस्व सङ्कलन गर्ने भन्सार नाकासमेत यही भएकाले यो शहरले राष्ट्रिय अर्थतन्त्रमा महइभ्वपूर्ण स्थान राख्छ । तर, लगातारको लोडशेडिङ, बैङ्कहरूको चर्को ब्याजदर, ढुवानी व्यवसायीहरूको सिण्डिकेट, स्थानीय निकायले लिने करलगायतका कारण यस क्षेत्रमा उद्योग–व्यवसाय सहज रूपमा सञ्चालन गर्न सकिने अवस्था नरहेको यहाका उद्योगी–व्यवसायीहरू बताउँछन् । आर्थिक अभियान दैनिकले गत साता भैरहवाका उद्योगी–व्यवसायी, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूसँग भैरहवाको आर्थिक अवस्था र सम्भावनाका विषयमा अन्तरक्रिया गरेको थियो । प्रस्तुत छ, अन्तरक्रियामा सहभागीहरूको विचारको सार :
जिविसको कर हटाउनुपर्यो
व्यवसायीका समस्या सुन्दा झिनामसिनाजस्ता लाग्छन् । तर, ती गम्भीर र जटिल प्रकृतिका छन् । उदाहरणका लागि सिमेण्ट ढुवानी गर्दा जिल्ला विकास समितिहरूले प्रत्येक जिल्लामा रू. १ रुपैयाँ १३ पैसा प्रतिबोराका दरले कर असुल्दै जाने हो भने गन्तव्य जिल्लामा पुग्दा एक बोरा सिमेण्टको मूल्य १ सय रुपैयाँका दरले बढ्छ । अहिले त्यस्तै अवस्था हामी भोगिरहेका छौं ।
त्यसैगरी, पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले भाडावृद्धिका लागि गर्ने गरेको सिण्डिकेटका कारण व्यवसायी झनै समस्यामा परेका छन् । ट्रक व्यवसायीहरूले जोर–बिजोर मात्र नभएर अहिले तीन दिनपछि मात्र पालो आउने सिष्टम बनाएका छन् । त्यसकारण बजारमा ट्रकको अभाव देखाइन्छ । यसले उद्योगीले चर्को भाडामा सामान ढुवानी गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । यस्ता समस्याको समाधानका लागि व्यवसायीहरूले गुनासो गर्नेसम्म पनि ठाउँ पाएका छैनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।