कलेज परिचय : युनिग्लोब कलेज

Share News

युनिग्लोब कलेजको स्थापना सन् २००९ मा भएको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त यस कलेजमा ब्याचलर अफ बिजनेश एड्मिनिष्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेश एड्मिनिष्ट्रेशन–बैङ्किङ र बीमा (बीबीए–बीआई) र माष्टर्स अफ बिजनेश एड्मिनिष्ट्रेशन (एमबीए)को अध्यापन हुँदै आएको छ ।

दीक्षान्त :
फागुन ८ गते सम्पन्न पोखरा विश्वविद्यालयको १४औं दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायबाट सबैभन्दा बढी अङ्क ल्याएकी युनिग्लोब कलेजकी सुशीला ‘नेपाल कुलपति पदक’बाट सम्मानित भएकी थिइन् । साथै, उनी ‘नेपाल लक्ष्मी विद्या पदक’बाट समेत विभूषित भएकी छिन् । कलेजका १९ जना विद्यार्थी ‘डीन लिष्ट’को उपाधिबाट सम्मानित भए भने ९६ जना विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका थिए ।

व्यवस्थापन मेला २०१७ :
कलेजले हरेक वर्ष व्यवस्थापन मेलाको आयोजना गर्दै आएको छ । नेतृत्व, सञ्चार, आन्तरिकदेखि उद्यमशीलतालगायत  विभिन्न शीप वृद्धिका लागि यस वर्ष पनि कलेजले विभिन्न १० गतिविधि सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मेलनमा सहभागिता :
युनिग्लोब कलेजले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा आयोजना हुने विभिन्न सम्मेलनमा समेत सहभागिता बुझाउँदै आएको छ । पोखरास्थित पोखरा ग्राण्ड होटलमा आयोजना हुने ‘इण्टरनेशनल कन्फ्रेन्स अन बिजनेश, सोसाइटी एण्ड गभर्नेन्स : इमर्जिङ म्यानेजमेण्ट प्याराडाइम’मा पनि यो कलेज सहभागी हुँदै छ । यस सम्मेलनमा स्कूल अफ बिजनेशका १४ विद्यार्थी र म्यानेजमेण्ट स्टडिजका फ्याकल्टीहरूले कार्यपत्र पेश गर्दै छन् ।  त्यस्तै, भारतको महाराष्ट्रस्थित पुने युनिभर्सिटीको सङ्म्नर कलेजले आयोजना गर्ने कमर्श एण्ड म्यानेजमेण्ट शीर्षकको अन्तरराष्ट्रिय सम्मेलनमा पनि कलेजका एम्बीए, बीबीए ग्य्राजुएटहरूले आफ्नो अनुसन्धान पत्र पेश गर्दै छन् ।

अन्तरराष्ट्रिय सम्मेलन आयोजना :
कलेजले विद्यार्थीलाई आफ्ना पत्र पेश गर्न विभिन्न अन्तरराष्ट्रिय सम्मेलनमा पठाउने मात्रै होइन, नेपालमै पनि नियमित रूपमा त्यस्ता सम्मेलनको आयोजना गर्दै आएको छ ।  यसै क्रममा कलेजले ‘इमर्जिङ इस्यू एण्ड च्यालेञ्जेज इन म्यानेजमेण्ट’ विषयमा मार्च ६ र ७ मा अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।