फिनिक्स कलेज अफ म्यानेजमेण्ट (पीसीएम), रिपब्लिका इण्टरनेशनल एजुकेशनल फाउण्डेशन प्रालि (आरआईईएफ)द्वारा प्रवर्द्धित कलेज हो । यो कलेजले मलेशियाको लिङ्कन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले उद्यमी, प्रभावशाली व्यवस्थापक तथा उत्पादनमुखी व्यावसायिक नेतृत्व तयार गरी आर्थिक सम्मृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ । समग्रमा यसले व्यक्तिको शरीर, मस्तिष्क र आत्मा तीनै पक्षको विकासका लागि विद्यार्थीलाई मौका प्रदान गर्दै प्रोत्साहन पनि गर्छ ।
पीसीएमका प्रतिबद्धता :
- सुपथ शुल्कमा उच्च कोटीको व्यवस्थापकीय शिक्षा प्रदान गर्दै जिम्मेवार तथा उत्पादनशील जनशक्ति निर्माण गर्ने
- सिकाइमा व्यक्तिगत ख्याल राख्ने
- विद्यार्थीको सङ्ख्या तथा विविधतामा जोड दिने
- देशको मौलिक तथा सांस्कृतिक वातावरणमा विश्वव्यापी शैक्षिक कार्यक्रम निर्माण गर्ने
- विश्वव्यापी धार तथा अन्तरसांस्कृतिक अनुभवहरूमा केन्द्रित हुँदै अन्तरराष्ट्रिय दृष्टिकोणमा जोड दिने
भौतिक संरचना र विशेषता :
- विद्यार्थीको सिकाइलाई सकारात्मक प्रभाव पार्ने कक्षाकोठाहरू
- बौद्धिक तथा सामाजिक स्रोत केन्द्रका रूपमा विकास गरिएको पुस्तकालय
- छात्रछात्रा दुवैका लागि सुव्यवस्थित छात्रावासको व्यवस्था
- जुनसुकै विषयका विद्यार्थीका लागि पनि कम्प्युटर अनिवार्य
- इनडोर, आउटडोर खेलका साथै अन्तर–कलेजस्तरीय प्रतियोगिताका लागि विद्यार्थीको उल्लेख्य सहभागिता
- वादविवाद, साहित्यिक समारोह, भ्रमण, सामुदायिक सेवा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी जस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन
- जब प्लेशमेण्ट सेल भएको
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।