फागुन २६, काठमाडौं (अस) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा विष्णु पराजुलीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौंमा सम्पन्न एनप्याब्सन काठमाडौंको छैटौं जिल्ला अधिवेशनले आगामी ३ वर्षका लागि उक्त कार्यसमिति चयन गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहवरमा एनप्यावशन केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष पराजुलीले शैक्षिक सुधार र निजी तथा आवासीय विद्यालयहरूको हकहित संरक्षणमा आफू केन्द्रीत हुने बताएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।