चैत ६, भक्तपुर (अस) । चैत्त ३ गतेदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा(एसइई) अन्तर्गत आइतबार देशभर अनिवार्य गणित विषयको परीक्षा सम्पन्न भएको छ । यसै क्रममा परीक्षा सञ्चालन भएका भक्तपुरका विद्यालयमा आइतबार शिक्षा राज्यमन्त्री धनमाया विकसहितको टोलीले अनुगमन गरेको छ ।
राज्यमन्त्री विकले एभरेस्ट मावि, मेधा मावि, शान्ति निकेतन मावि र चाणक्य मावि, सचिव शान्तबहादुर श्रेष्ठले आदर्श मावि सानोठिमी र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले खरिपाटीस्थित श्रीकृष्ण मावि परीक्षा केन्द्रको अनुगमन गरेका छन् ।
प्रवेशिका परीक्षाको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को परीक्षा सञ्चालन कसरी भइरहेको छ भन्नेबारेमा जानकारी लिन टोलीले फरक फरक विद्यालयमा अनुगमन गरेको जिल्ला शिक्षा अधिकारी अर्जनु श्रेष्ठले जानकारी दिए ।
टोलीमा राज्यमन्त्री विक, शिक्षा मन्त्रालयका सचिव श्रेष्ठ, विभागका महानिर्देशक पौडेल, जिल्ला शिक्षा अधिकारी श्रेष्ठसहितका अधिकारी थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।