काव्या स्कूलले आफ्नो शुरुआतका चुनौतीपूर्ण ३ वर्ष पार गरेको छ । ३ वर्षको अनवरत प्रयास अनि त्यसमा अभिभावकका साथै शुभचिन्तकबाट पाएको विश्वास टिकाइराख्न यो विद्यालय लागिपरेको छ । विद्यालय विद्यार्थीको सर्वाङ्गीण विकासमा प्रतिबद्ध रहँदै आएको छ । विभिन्न सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक तथा भौगोलिक परिवेशका विद्यार्थीलाई विद्यालयले समेटेको छ । यी सबैका बीचमा मैत्री, भातृत्व, सद्भाव तथा सहकार्यको भावना विकास गराउन विद्यालय दत्तचित्त भएर लागेको छ । विद्यालयले हरेक विद्यार्थीको अलगअलग सिकाइ क्षमताका साथै विशेषता हुने कुरालाई आत्मसात् गरेको छ । त्यसैले, उनीहरूको व्यक्तिगत क्षमता अभिवृद्धि गराउन उसले जोड दिँदै आएको छ । विद्यालयले विद्यार्थीको व्यक्तिगत पहिचानमा ध्यान दिँदै उनीहरूमा आत्मसंयम, आत्मसम्मान, समुदायप्रतिको उत्तरदायित्व, सिकाइप्रति प्रेम र उत्कृष्टताका लागि मेहनत गराउने गर्छ ।
सह–अध्ययनको वातावरणमा बृहत् सिकाइका माध्यमबाट समुदायको प्रतिबिम्ब दिँदै सुन्दर भविष्य बोकेका नेतृत्वदायी क्षमता भएका विद्यार्थी उत्पादन गर्ने सपना यस विद्यालयले लिएको छ । प्रत्येक विद्यार्थीका आन्तरिक विकासका आवश्यकता पूरा गर्नुलाई विद्यालयले आफ्नो प्रमुख उद्देश्यको रूपमा लिएको छ ।
पाठ्यपुस्तक शिक्षणका बाहेक विद्यालयले क्लबका साथै अन्तर–विद्यालय खेलकुद प्रतियोगिता जस्ता शैक्षिक क्रियाकलापलाई पनि उत्तिकै जोड दिने गरेको छ । विभिन्न अतिरिक्त क्रियाकलापका माध्यमबाट पनि विद्यार्थीले के कुरामा राम्रो गर्न सक्छन् भन्ने पहिचान गरी उसको प्रतिभालाई उत्कृष्टतातर्फ डोहोर्याउने सहयोगीका रूपमा विद्यालयले आफूलाई प्रस्तुत गर्दै आएको छ ।
देशको माटोमा उभिएर विश्वले माग गर्ने प्रतिस्पर्धामा उत्रिन सक्ने जनशक्ति उत्पादन गर्ने प्रणका साथ विद्यालय परिवार लागिपरेको छ, जसले विद्यार्थीमा संसारका विभिन्न देश तथा संस्कृतिका मानिससँग अन्तरक्रिया तथा सहकार्य गर्दै विश्वस्तरीय आविष्कार गर्ने, समस्या समाधान गर्ने क्षमताको विकासमा जोड दिएको छ ।
विशेषताहरू :
– देश–विदेशका विभिन्न स्थानको शैक्षिक भ्रमण
– सुविधासम्पन्न कम्प्युटर ल्याब, साइन्स ल्याब तथा पुस्तकालयको व्यवस्था
– छात्रावासको व्यवस्था
– आधुनिक तरीकाबाट सूचनाप्रविधिको उच्चतम प्रयोग गरी कक्षा सञ्चालन
– छात्रवृत्तिको व्यवस्था
– अतिरिक्त भाषा कक्षाहरूको व्यवस्था
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।