राष्ट्रिय शिक्षा पुरस्कार पाउन सफल नोबेल एकेडेमी

Share News

उत्कृष्ट शिक्षा प्रदान गरेकोमा शिक्षा मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कार पाउन सफल नोबेल एकेडेमीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा जोड दिएको प्रधानाध्यापक प्राडा सुरेन्द्रराज काफ्लेले बताए । विद्यार्थीलाई सबैभन्दा राम्रो शिक्षा प्रदान गरेको र सिकाइमैत्री वातावरणमा अध्यापन तथा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएकाले उक्त पुरस्कार पाउन सफल भएको हो ।

नोबेल एकेडेमीले आफ्ना विद्यार्थी अन्तरराष्ट्रिय समुदायमा अब्बल दर्जामा परिचित हुन् भन्ने उद्देश्यले शिशु कक्षादेखि स्नातक तहसम्म उच्चस्तरीय शिक्षा दिँदै आएको उनको भनाइ छ । उनका अनुसार यस विद्यालयमा विद्यार्थीलाई बालमैत्री  भावसहित अध्यापन गराइँदै आएको छ । विद्यार्थीहरूको पहिलो जग विद्यालय जीवन भएकाले यसैले भविष्य निर्धारण गर्छ । यसका लागि उनीहरूको भविष्य निर्माण गर्न विद्यालय तहमा हामीले विशेष महत्त्व दिने गरेका छौं,’ प्राडा काफ्लेले भने ।

नेपाल सरकारले पनि राष्ट्रियस्तरमा नै  सबै विद्यार्थीका लागि ज्ञान, उपयोगी शीप, दिनमा जोड दिएको छ । उनले हरेक विद्यार्थी अद्वितीय र विशेष क्षमताका हुने भएकाले उनीहरूको अधिकतम क्षमताको विकास गर्नमा विशेष जोड दिइएको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई कडा परिश्रमको महत्त्व,  समयमै काम सक्नुपर्ने र प्राप्त अवसरलाई कसरी उपयोग गर्ने भन्नेलगायत विषयमा शिक्षण गर्छाैं ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।