२० वर्ष पूरा गरी २१ वर्षमा प्रवेश गरेको टुङरम इण्टरनेशनल एकेडेमीले विद्यार्थीको विषयगत पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुदलाई विशेष जोड दिँदै आएको छ । विद्यालयले १४ वर्षदेखि काठमाडौं भ्यालीभित्रका अन्तरविद्यालय बास्केटबल प्रतिस्पर्धा पनि आयोजना गर्दै आएको छ । यसबाहेक विद्यालयको रुचिअनुसार हप्ताको एक दिन दुई पेरियडमा चेस, भलिबल, बास्केटबल, टेबल, सिलाइबुनाइ, आर्टलगायत कार्यक्रम गर्दै आएको छ ।
खेलकुदले विद्यार्थीको शारीरिक–मानसिक विकास गराउने भएकाले यसमा समेत प्राथमिकता दिइएको टुङरम इण्टरनेशनल एकेडेमीकी प्रधानाध्यापक नीरा प्रधानको भनाइ छ । विद्यालयले नाफा कमाउनेभन्दा पनि सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य लिएको उनले बताइन् । ‘विद्यार्थीलाई पढाइ, खेलकुद र समाज चित्रण गराउनेतर्फअग्रसर भएर यसैअनुसारको अध्यापन गर्दै आएका छौं,’ उनले भनिन् ।
योे विद्यालय डा. टुङरम ग्यालट्रोल रिम्पोचेले सामाजिक सेवाभावले विद्यालय खोेलेका हुन् । ‘हामी विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित छौं,’ प्रधानाध्यापक प्रधानले भनिन्, ‘हाम्रो शिक्षण पद्धतिले विद्यार्थीलाई बौद्धिक ज्ञान मात्रै नदिएर समाजसँग जोड्ने काम पनि गर्छ ।’
हात्तीगौंडामा रहेको यो विद्यालयले विद्यार्थीलाई खेल्नका लागि छुट्टै खेलमैदानको व्यवस्था गरेको छ । विद्यालयले राष्ट्रिय प्रशिक्षक राखेर विद्यार्थीलाई प्रशिक्षण दिइरहेको र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गरेको सहायक प्रधानाध्यापक एसपी खतिवडाले जानकारी दिए । २० वर्षदेखि यसै विद्यालयमा आबद्ध उनले विद्यालयप्रति अभिभावकको विश्वास र विद्यार्थी सङ्ख्या पनि बढ्न थालेको बताए । ‘विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थीलाई समेटेर अगाडि बढिरहेका छौं,’ उनले भने, ‘यहाँबाट पास गरेर गएकाहरूले राम्रो उपलब्धि हासिल गरेका छन् ।’
मण्टेस्सोरीदेखि बाल मनोविज्ञान बुझेर सिकाउने र पढाउने गरेको सहायक प्रअ खतिवडाले बताए । उनका अनुसार प्रि प्राइमरीमा आधार मण्टेस्सोरी भए पनि माथिल्लो कक्षा मिल्नेगरी सिकाइन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।