द ह्वाइट माउण्टेन स्कूल काठमाडौंको धूलो, धूँवा र ध्वनिजस्ता प्रदूषणबाट टाढा अवस्थित छ । काठमाडौंको उत्तरी भेग टोखा र धापासीबीच ग्राण्डी हस्पिटलनजिकै ५ रोपनी क्षेत्रफलमा विद्यालय रहेको छ । भवन भूकम्पप्रतिरोधी भवन भएको यो विद्यालयमा खेल मैदान पनि पर्याप्त छन् । २०६४ सालमा धवलागिरि नेशनल स्कूलको नामबाट सञ्चालनमा आएको यो विद्यालय २०७२ सालमा नाम परिवर्तन गरी द ह्वाइट माउण्टेन स्कूलको रूपमा सञ्चालित छ । अनुशासित, चरित्रवान्, बौद्धिक, लगनशील र मानवीय गुणयुक्त विद्यार्थीको कल्पना गरी देश र समाजलाई योगदान दिने सोचले यो विद्यालयको स्थापना गरिएको हो ।
नैतिकवान्, कर्तव्यनिष्ठ एवम् गुणवान् विद्यार्थी उत्पादन गर्ने उद्देश्यमा यो विद्यालय लागिरहेको छ । विद्यालयले विद्यार्थीमा रहेका विभिन्न प्रतिभा प्रस्फुटन गराउनुका साथै व्यक्तित्व निर्माण र विकास गर्न मद्दत पुर्याउँछ, जसका लागि विद्यालयले पुस्तक पढाउने मात्र नभई गायन, वाद्यवादन, नृत्य, मार्शल आर्ट, योग आदिका कक्षालाई पनि उत्तिकै महत्त्व दिँदै आएको छ । यसले मण्टेस्सोरीदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गर्दै आएको छ । त्यसैगरी निकट भविष्यमा विद्यालयका शैक्षिक तह थप गर्दै कक्षा १२ सम्म पुर्याउने लक्ष्य लिएको छ । पूर्वमा झापा, सङ्खुवासभादेखि पश्चिममा दार्चुलासम्म र उत्तरमा रसुवादेखि दक्षिणमा सप्तरीसम्मका विद्यार्थी यस विद्यालयमा अध्ययनरत छन् । विद्यालयमा साइन्स ल्याब, कम्प्युटर ल्याब र पुस्तकालय, श्रव्यदृश्य कक्षाको राम्रो व्यवस्था छ । विद्यालयले वर्षभरिमा समयअनुसार पौडी, स्थलगत भ्रमण, शैक्षिक भ्रमणका साथै विभिन्न खालका अन्तरविद्यालय प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।
विशेषता
- सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा
- शिक्षण सिकाइका अतिरिक्त खेलकुद (ब्याटमिण्टन, बास्केटबल, भलिबल, मिनी फुटबल, पौडी)को व्यवस्था
- शैक्षिक भ्रमण, अन्तरविद्यालय प्रतियोगिताहरूमा सहभागिताको राम्रो अवसर
- योग कक्षा, कराँते प्रशिक्षण, शैक्षिक परामर्शको व्यवस्था
- पूर्ण अङ्ग्रेजी वातावरण, उत्कृष्ट सिकाइ व्यवस्था
- योग्य र तालीमप्राप्त शिक्षकद्वारा पढाइने
- सङ्गीत, नृत्य, आर्ट्स एण्ड क्र्याफ्टका माध्यमबाट विद्यार्थीमा प्रतिभा प्रस्फुटनको अवसर
- डे बोर्ड्ससका साथै छात्रावासको व्यवस्था
- यातायात तथा क्याण्टिन सुविधा
- सुविधासम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला तथा मण्टेस्सोरी प्रयोगशाला
- पर्याप्त शैक्षिक सामग्रीयुक्त पुस्तकालयको व्यवस्था
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।