डा. तिलचन्द्र भट्टराई
अध्यक्ष, उद्योग वाणिज्य सङ्घ, चितवन
चितवनलाई समृद्ध बनाउन हामीले अहिलेसम्म धेरै प्रयास गरिसकेका छौं । विगतमा उद्योग वाणिज्य सङ्घ, चितवनको संयोजकत्वमा राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवाला पक्षलाई संलग्न गराई चितवनको भावी अवस्थाबारे छलफल गरेका थियौं । त्यहाँ चितवनको प्राकृतिक स्रोतको सदुपयोग गरी कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, भौतिक संरचनाजस्ता क्षेत्रको विकासमा हुनुपर्ने प्रयासबारे छलफल भएको थियो । हाम्रो उद्देश्य पूरा गर्न सम्बन्धित विषयविज्ञहरूसँग पनि छलफल गर्यौं । राजनीतिक दलका तर्फबाट ‘चितवन माष्टरप्लान’ नामक समितिको गठन पनि भयो । उक्त समितिले १ वर्षको अवधिमा ‘चितवन स्ट्राटेजिक माष्टरप्लान’ तयार गरिसकेको छ । यो प्रतिवेदन जिल्ला विकास समितिअन्तर्गत तयार गरिएको हो ।
चितवनको विकासका लागि कार्यान्वयनको तहमा जानु अबको जिम्मेवारी हो । नेपालको अस्थिर राजनीतिक परिस्थितिका कारण राज्यका तर्फबाट यहाँको विकासमा लगानी हुन्छजस्तो लाग्दैन । यसका लागि निजीक्षेत्रले गर्न सक्ने लगानीबारे अहिलेदेखि नै छलफल गर्नु उपयुक्त हुन्छ । चितवन उवासङ्घको नयाँ कार्यसमिति आएपछि हामीले निजीक्षेत्रको लगानी आकर्षित हुन सक्ने योजनाका बारेमा छलफल चलाएका छौं । छलफलमा योजनामा लगानी गर्न सक्नेलाई आमन्त्रण गर्ने कुरा उठाएका छौं । आगामी पुस २५ देखि माघ ५ गतेसम्म हुने चितवन महोत्सवमा ‘इन्भेष्ट चितवन’ कार्यक्रमलाई पनि सञ्चालन गर्ने योजना बनाएका छौं ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।