चैत २१, काठमाडौं (अस)। मुगुबाट काठमाडौंको आलोक विद्याश्रममा २ कक्षादेखि १२ कक्षासम्म छात्रवृत्तिमा अध्ययन गरेकी वन्दना मल्ल अहिले एमबीबीएसको तयारीमा छिन् । शुरूमा आफ्नो काकाले यो विद्यालयमा पढाउँदा भविष्य राम्रो हुने भनेपछि उनलाई भर्ना गरिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर, दुर्गम जिल्लाको र जेहेनदार विद्यार्थी भएकाले उनलाई विद्याश्रमले छात्रवृद्धि दिएको थियो ।
सन् १९९४ फेब्रुअरी १० मा स्थापना भएदेखि नै विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृद्धि दिँदै आएको छ । आर्थिक अवस्था कमजोर र अनाथ बालबालिकालाई पूरै छात्रवृद्धिको व्यवस्था गर्दै आएको आलोक विद्याश्रमकी कार्यकारी निर्देशक तथा प्रधानाध्यापक वनिता मित्तलको भनाइ छ । विद्यालयले तहगत अन्य छात्रवृद्धि पनि दिँदै आएको छ ।
हाल ज्ञानेश्वरको आनन्द भैरव मार्गमा सञ्चालित आलोक विद्याश्रमले ५ सयभन्दा बढी विद्यार्थीलाई दिनको दुईपटक १० मिनेट ध्यान गराउँछ । बालबालिकाको, मानसिक शारीरिक, आध्यात्मिक र बौद्धिक विकास गर्ने उद्देश्यले यो विद्यालयको स्थापना गरिएको प्रधानाध्यापक मित्तलले बताइन् ।
‘बालबालिकालाई हाम्रो संस्कार, परम्परा, धर्म, संस्कृतिबारे जानकार तथा नैतिक, चरित्रवान् बनाउन पनि प्रेरित गर्दै आएका छौं,’ उनले भनिन् । बालमैत्री शैक्षिक वातावरणमा अङ्ग्रेजी माध्यममा पढाउने भएकाले यहाँका उत्पादन अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धीको रूपमा अग्रसर रहेका छन् ।
विद्यालयले ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अध्याँरोबाट उज्यालोतर्फ भन्ने नारा आत्मसात् गर्दै आएको छ । विद्यालयले गुणस्तरीय शिक्षाका साथै कला, शीप, आधुनिक वैज्ञानिक ज्ञान, प्रविधि र पश्चिमी बौद्धिक कुरालाई प्राथमिकता दिई शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रअ मित्तलको भनाइ छ । विद्यालयले विद्यार्थीको ज्ञान र विचार शक्ति प्रस्फुटन गराउँदै उनीहरूको चरित्र निर्माणमा पनि जोड दिने गरेको छ ।
संस्कृत शिक्षामा जोड
विद्यालयले विद्यार्थीलाई संस्कृत भाषा, साहित्यबारे जानकारी दिन र परम्परागत रूपमा हासिल गर्दै आएको शिक्षालाई जीवित राख्न १ कक्षादेखि ७ कक्षासम्म संस्कृत विषयको कक्षा सञ्चालन गरेको प्रधानाध्यपक मित्तलको भनाइ छ । संस्कृतबाहेक तहगत पाठ्यक्रमअनुसार शारीरिक शिक्षा, कम्प्युटर, लेखा, नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र हिन्दीलगायत विषय अध्यापन गर्दै आएको छ ।
बालबालिकाको पहिलो पाठशाला घर भएकाले यस विद्यालयले बालबालिकाको शैक्षिक, बौद्धिक, सामाजिक लगायतको विकासमा अभिभावकको पनि भूमिका रहने औंल्याएको छ । आमाबुबाको व्यवहारबाट नै बालकालिकाले आदर, सत्कार, बोलीवचन, धर्म, संस्कृतिलगायत सिक्ने भएकाले त्यसमा अभिभावकले ध्यान दिनुपर्नेमा विद्यालयले जोड दिने गरेको छ । विद्यार्थीको पढाइका लागि अभिभावक र शिक्षकबीच बारम्बार संवाद भइरहनुपर्ने विद्यालयको मान्यता छ ।
अन्य विशेषता
खाद्य र पोषण
अतिरिक्त पाठ्यक्रम गतिविधिहरू
यातायातको व्यवस्था
छात्र र छात्राको लागि होष्टलको सुविधा
पुस्तकालय
विज्ञान प्रयोगशाला (तीनओटा)
गणित प्रयोगशाला (एउटा)
कम्प्युटर प्रयोगशाला (दुईओटा)
समयसमयमा स्वास्थ्य परीक्षण
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।