ब्रिटिश मोडल कलेज : उच्च गुणस्तरीय शैक्षिक वातावरण

Share News

क्याम्ब्रिज इण्टरनेशनल एएस र ए लेभल विश्वविद्यालय शिक्षाका लागि असाधारण तयारी प्रदान गर्ने अन्तरराष्ट्रिय मान्यताप्राप्त योग्यताहरू हुन् । विद्यार्थीले प्राप्त गर्ने योग्यता बेलायतमा प्रदान गरिने योग्यताबराबर हुन्छ । यो शैक्षिक योग्यतालाई नेपालसहित विश्वभरकै विश्वविद्यालयमा अध्ययनका लागि स्वीकार गरिन्छ ।

काठमाडौंको थापाथलीमा रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)का कार्यक्रमले विद्यार्थीको रुचि र प्रतिभा मिल्ने खालको धेरै नै लचकदार विषय संयोजन गर्छ । ए–लेभलको अध्ययनका लागि विद्यार्थीहरू सृजनशील र विश्लेषणात्मक हुनुपर्छ । यसले विद्यार्थीलाई आफ्नो पढाइमा केन्द्रित हुन र कुनै विशेष क्षेत्रको गहिराइमा पुगेर ज्ञान लिन प्रेरित गर्छ । ए लेभल अध्ययन गर्न धेरै कठिन हुन्छ । यसले उच्च शैक्षिक मापदण्ड खोज्ने गर्छ ।

ब्रिटिश कलेजमा उच्च गुणस्तरीय शैक्षिक वातावरण, सुविधासम्पन्न कक्षाकोठा र मनोरञ्जनका विभिन्न सुविधा उपलब्ध छन् । यसैले, यो कलेज ए लेभलका लागि उत्कृष्ट छ, जसलाई पश्चिमा गुणस्तरसँग तुलना गर्न सकिन्छ । यहाँ विद्यार्थीलाई पढाउन आधुनिक तरीका प्रयोग गरिन्छ । यसले उनीहरूलाई व्यक्तिगत रूपमा परिपक्व र स्वतन्त्र बनाउँछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।