नेपालमा अन्तरराष्ट्रिय पाठ्यक्रम लागू गरेर विश्वस्तरीय सक्षम जनशक्ति तयार गर्न सन् २००९ मा ग्लोबल कलेज इण्टरनेशनलको स्थापना भएको हो । यो कलेजमा क्याम्ब्रिज युनिभर्सिटीको ए लेभल कोर्स उत्कृष्ट नतीजासहित सञ्चालन भइरहेको छ । यहाँ अध्ययनरत ए लेभलका विद्यार्थीले प्रयोगात्मक तथा विश्लेषणात्मक क्षमताको चौतर्फी विकास गर्ने अवसर पाइरहेका छन् । ग्लोबल कलेजले शैक्षिक क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमा पनि अत्यधिक जोड दिएर अन्तरराष्ट्रिय स्तरको शैक्षिक वातावरण निर्माण गरिरहेको छ । अनुभवी एवम् दक्ष शिक्षकहरूद्वारा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न यो कलेज केन्द्रित भएको देखिन्छ । यहाँबाट ए लेभल कोर्स उत्तीर्ण भएका विद्यार्थीहरू विश्वका उत्कृष्ट कलेज तथा विश्वविद्यालयमा अध्ययनरत छन् ।
यस कलेजले साइन्स र ननसाइन्स गरी अलग अलग रूपमा पढाउँदै आएको छ । ए लेभलका विभिन्न विषयमा गरी करीब आधा दर्जन नेपाल टपरहरू कलेजले उत्पादन गरिसकेको छ । विद्यार्थीको यो सफलतामा कलेजको एकेडेमिक साथै प्रशासनिक दुवै पक्षबाट पु¥याइएको मद्दतको महŒवपूर्ण भूमिका रहेकोे छ ।
कलेजका विशेषताहरू :
- विद्यार्थीले आफ्नो रुचिअनुसारको विषय छान्न पाउने स्वतन्त्रता
- विश्वव्यापी मान्यता हुने शिक्षण विधि
- विद्यार्थीमैत्री मूल्याङ्कन
- निर्धारित समयमा प्रवेश परीक्षा
- प्रवेश परीक्षापछि व्यक्तिगत अन्तरवार्ता गरी भर्ना लिइने
- जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
- कक्षाका पाठ्यक्रमबाहेक पर्याप्त अतिरिक्त क्रियाकलापको व्यवस्था
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।