गुणस्तरीय शिक्षाकोे गन्तव्य नामी

Share News

नामी कलेजले शैक्षिक सत्र २०१५/२०१७ का ए लेभल पास भएका ४४ जना विद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा ए लेभल सकेका विद्यार्थीलाई प्रमाणपत्रमार्फत सम्मान गर्दै बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा नामीका अध्यक्ष डा आरजु राणा देउवाले विद्यार्थीको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन् । साथै, उनले प्राप्त ज्ञान, शीप र क्षमताको प्रयोग गर्न अनुरोध गरेकी छन् । पढेर विदेशिने प्रवृत्तिको आशय व्यक्त गर्दै उनले युवापुस्ताका लागि नेपालमै पनि धेरै अवसर भएको बताइन् । विद्यार्थीले आफ्नो मूल्य मान्यता, सिद्धान्त र संस्कृतिलाई सधैं आत्मसात् गर्नुपर्नेमा उनको जोड थियो । यस्तै, प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्माले विद्यार्थीलाई आगामी दिनमा समेत अब्बल बन्न शुभकामना दिए ।   

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले विभिन्न साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे । यस्तै, संस्थामा कार्यरत भई वर्षभर आफ्नो लगन, मेहनत तथा निष्ठाका साथ कार्य गरेबापत बिजनेश विषयका शिक्षक समुज्ज्वलराम केसीलाई प्राज्ञिकतर्फ सर्वोत्कृष्ट घोषणा गर्दै नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरियो । कार्यक्रममा सञ्चालकहरू रामेश्वर थापा, उमा राज्यलक्ष्मी शाह, सोनी जोशी, प्राज्ञिक संयोजक ऋषिकेश वाग्लेका साथै सम्पूर्ण विभागका प्रमुखहरू उपस्थित  थिए ।

नामी कलेजले बेलायतको नर्थआम्टन विश्वविद्यालयको सझेदारीमा एमबीए, बीबीए (अनर्स), बीएससी (अनर्स) कम्प्युटिङ सफ्टवेयर इञ्जिनीयरिङ, बीएससी (अनर्स) नेटवर्किङ र बीएससी (अनर्स) वातावरण विज्ञानका कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंको जोरपाटी–५ मा ३७ रोपनी क्षेत्रमा फैलिएको यो क्याम्पसले १० वर्षको अनुभवप्राप्त शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसका प्रबन्धक अमरदीप मण्डलले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।