समता विद्यालयको ५१औं शाखा धनकुटामा

Share News

वैशाख ७, धनकुटा । मासिक शुल्क रू. १ सयमा नर्सरीदेखि एमबीबीएस तहसम्म पढाइ हुने समता विद्यालयको ५१औं शाखा विद्यालय धनकुटामा सञ्चालनमा आउने भएको छ ।

वैशाख १० गतेदेखि सञ्चालनमा ल्याउन विद्यालयले प्रारम्भिक ४ ओटा कक्षाका लागि ३ सय विद्यार्थीको भर्ना खुलाएको छ । अङ्ग्रेजी माध्यमबाट शिक्षण सेवा दिने यस विद्यालयले नर्सरी, एल–केजी, यू–केजी र कक्षा १ सम्म अध्यापन शुरू गर्ने विद्यालयका निर्देशक दीपक सञ्जेलले बताए ।

पुनः कुनै कक्षामा शुल्क नलिने गरी रू. १ सय ५० रुपैयाँ भर्ना शुल्क र सबै तहमा मासिक १ सय शुल्क लिएर सेवा दिने उक्त विद्यालयले १० जनालाई रोजगारी दिने सञ्जेलले जानकारी दिए । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले सन् २००१ बाट समता एजुकेशन फाउण्डेशन काठमाडौंद्वारा सञ्चालित विद्यालयमा हाल देशभरिका ४० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको संस्थाले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।