एड्भान्स लेभल (ए२)को कक्षा सकेर आउँदो मे महीनामा परीक्षा दिने तयारी गरिरहेकी अनुष्का शर्मा एसएलसी (हालको एसईई)पछि परामर्शका लागि पहिलोपटक एस कलेज जाँदा शिक्षक तथा कलेज व्यवस्थापनले देखाएको सहयोगी भावनाप्रति आकर्षित भएको कारणले नै ए लेभल अध्ययनका लागि आफूले यो कलेज रोजेको बताउँछिन् । पहिलो आकर्षण नै अन्तिम आकर्षण भएकाले यहीँको ए लेभल छानेको उनले बताइन् । शुरूमा ए लेभल भन्ने कोर्स पनि हुन्छ भनेर थाहा नपाएकी उनले कक्षा १० मा पढ्दै गर्दा साथीभाइबाट यो कोर्सको पढाइ अन्तराष्ट्रियस्तरको हुने भन्ने जानकारी पाएकी थिइन् । पछि चिनेजानेका अग्रजले समेत यही कोर्स पढ्ने सल्लाह दिएपछि उनको रोजाइमा ए लेभल परेको हो । उनका अनुसार एस कलेजमा ए लेभलका लागि उपयुक्त वातावरण छ । यहाँ अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय अध्ययन गर्न सकिन्छ । साथै, अर्थपूर्ण अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रूपमा सहभागी हुन पाइने उनको भनाइ छ ।
यो शैक्षिक संस्थाले सन् २००८ देखि ए लेभलको अध्यापन शुरू गरेको हो । स्थापनाको वर्षदेखि नै ए लेभल कार्यक्रम काठमाडौंको सिनामङ्गलमा अवस्थित सुविधासम्पन्न कलेज भवनमा सञ्चालन हुँदै आएको छ । क्याम्ब्रिज इण्टरनेशनल एक्ज्यामिनेशन्स (सीआईई)अन्तर्गत करीब ६ सयजति विषय छनोटका लागि उपलब्ध भए पनि एस ए लेभलले भने व्यवस्थापन र मानविकी (सोसियल साइन्स)अन्तर्गतका विषयमा मात्र कक्षा सञ्चालन गर्दै आएको छ ।
ए लेभलमा अध्ययनलाई व्यावहारिक बनाउन आवश्यक विभिन्न विधि तथा सामग्रीको प्रयोग गरेर अध्यापन गरिन्छ । पढाइका साथै विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप (अभिनय, पेण्टिङ, फोटोग्राफी, बास्केटबललगायत अन्तरविद्यालय प्रतियोगितात्मक खेलकुदका कार्यक्रम)हरूमा समेत विषेश जोड दिइन्छ । यसै क्रममा विद्यार्थीहरूलाई पेण्टिङ तथा फोटोग्राफीको ६ महीने तालीम कलेजमै विज्ञहरूबाट दिइएको थियो । साथै, विद्यार्थीको पेण्टिङ र फोटोग्राफी फेब्रुअरी ३, २०१७ मा नेपाल टुरिजम बोर्ड प्रदर्शनीमार्गमा आयोजित ‘एस पोट्रेयस २०१७’ कार्यक्रममा प्रदर्शनी तथा विक्री गरिएको थियो ।
कलेज व्यवस्थापनका अनुसार करीब २ घण्टासम्म चलेको उक्त प्रदर्शनीमा पेण्टिङ र फोटोग्राफी विक्रीबाट उठेको रू. १ लाख ६ हजार ५ सयको ५० प्रतिशत रकम सम्बन्धित विद्यार्थीलाई नै पारिश्रमिकस्वरूप दिइएको थियो भने बाँकी रकम (५३ हजार २ सय ५० रुपैयाँ) ग्वार्कोस्थित श्री भानोदय प्राथमिक विद्यालयलाई सहयोग गरियो । आगामी दिनमा पनि यस्तै कार्यक्रममार्फत सामाजिक सहयोग गर्ने संस्थाले बताएको छ ।
एस एजुकेशन भेञ्चर्सअन्तर्गत सञ्चालनमा रहेको एस ए लेभलले सन् २००८ देखि ९ ओटा ब्याच भर्ना लिइसकेको छ र २०१७ को लागि हाल भर्ना सञ्चालनमा छ । एस एजुकेशन भेञ्चर्सअन्तर्गत एस ए लेभलसहित पाँच अन्य शैक्षिक संस्था र कार्यक्रम पनि सञ्चालनमा छन्, जसमा पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त बीबीए, बीबीए– बीआई, ईएमबीए, एमबीए र एमबीए इभिनिङ अध्ययनका लागि एस इन्ष्टिच्युट अफ म्यानेजमेण्ट रहेको छ । स्कटल्याण्डको क्वीन मार्गरेट विश्वविद्यालयको सम्बन्धनमा एस इण्टरनेशनल बिजनेश स्कूलले एमबीए र बीबीए सञ्चालन गर्दै आएको छ । यसैगरी एस हाइयर सेकेण्डरी स्कूलले ११ र १२ कक्षा तथा एस स्कूलले पूर्व प्राथमिकदेखि ८ कक्षासम्म अध्यापन गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।