सरकारीमै चर्को शुल्क

Share News

वैशाख २०, रुकुम (अस) । नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य घोषणा गरे पनि रुकुमका अधिकांश सरकारी विद्यालयहरूले विभिन्न बहानामा मनपरी शुल्क उठाइरहेको तथ्य खुलेको छ, जसका कारण कतिपय विद्यार्थीले शुल्क तिर्न नसक्दा छात्र पढाइ छोडेर कालापहाड (भारत) जाने गरेका छन् भने छात्राहरू घरधन्दामै व्यस्त हुन्छन् । जिल्ला सदरमुकामस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयले भर्ना शुल्कबापत चर्को शुल्क लिने गरेको गुनासो स्थानीयले गरेका छन् । अभिभावकहरूका अनुसार कक्षा ६ को भर्ना शुल्क ८ सय रुपैयाँभन्दा बढी रहेको छ । यस्तै, जिल्लाको साविकको दुर्गम गाविस चुनबाङका विद्यार्थी पनि चर्को शुल्कको मारमा छन् ।

जिल्लाको साविक चुनवाङ गाविस वडा नं–२ स्थित श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय गैरीगाउँमा निजी विद्यालयको भन्दा कम शुल्क छैन । सरकारी तथा सामुदायिक विद्यालयमा  विद्यार्थीहरू कक्षा १ देखि नै विभिन्न शुल्क तिर्न बाध्य छन् । भर्ना शुल्क कक्षा १ मा १ सय रुपैयाँ निर्धारण गरिएको तथ्य खुलेको छ भने प्रत्येक कक्षामा थप सय रुपैयाँ वृद्धि गर्दै लिएको कक्षा १० का छात्र मोहन बीसीले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।