जेठ १, धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बीएससी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ । ‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत शुरू गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिए । देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई वैज्ञानिक व्यावसायिकीकरण गर्दै ७ नं प्रदेशको विकासमा टेवा पुर्याउन योग्य कृषि विशेषज्ञ उत्पादन गर्ने लक्ष्यले क्याम्पस स्थापनाको पहल थालिएको उनले बताए ।
‘कृषि उत्पादनको दृष्टिमा कैलालीको जग्गा उर्वर भएको भए पनि अझैसम्म परम्परागत खेती प्रणाली छ,’ रिजालले भने, ‘यसकारण कृषिको उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन ।’ उन्नत कृषि प्रणाली, पशुपालन, मौसमी तथा बेमौसमी खेतीका बारेमा पठनपाठन गर्ने व्यवस्थासहित योग्य कृषि विशेषज्ञ जनशक्तिको उत्पादन गर्न क्याम्पस स्थापना गर्न लागिएको हो । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।