भक्तपुर (अस) । कक्षा ११ को परीक्षा असार ८ गते बिहीवारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । जेठ ३१ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने भएकाले पूर्वनिर्धारित असार १ गतेको परीक्षा तालिका सारिएको हो ।
सोभन्दा पहिले परीक्षा बोर्डले वैशाख २४ देखि जेठ ३ सम्मको परीक्षा तालिका सार्वजनिक गरेको थियो । सो बेला पनि वैशाख ३१ को स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै असार १ गतेका लागि सारिएको थियो । परीक्षा नियन्त्रक डम्बरकुमार बतासका अनुसार पहिलो दुई–तीनओटा परीक्षालाई मात्रै पछि सारेर अरू यथावत् गर्ने विकल्पमा समेत छलफल भए पनि बोर्डले असार ८ गते सार्ने निर्णय गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।