सीएका लागि उपयुक्त गन्तव्य प्राइम सीए

Share News

प्राइम चार्टर्ड एकेडेमी गुणस्तरीय शिक्षाको मूल मर्मलाई आत्मसात् गर्दै २००४ सालमा स्थापना भएको हो । लेखाक्षेत्रमा एउटा पेशागत मानवीय संसाधनको विकास गर्ने हेतुले यो संस्था स्थापना भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा रहेको यो एकेडेमी उत्कृष्ट शिक्षाको पद्धति विकास गर्न प्रयासरत छ । सीए शिक्षाका लागि प्राइम सीए परिवारमा आबद्ध सबै विद्यार्र्थीले आन्तरिक दक्षता अभिवृद्धिका लागि प्रशस्त अवसरहरू पाएका छन् । त्यसकारण पनि सीएका विद्यार्र्थीले प्राइम सीएलाई उपयुक्त गन्तव्यका रूपमा लिने गरेका छन् ।  सीएसँगै यो संस्थाले बीबीएस कक्षा पनि सञ्चालन गरिरहेको छ । विद्यार्थीहरूले यो संस्थाबाट सीएसँगै बीबीएस पनि एकसाथ अध्ययन गर्ने अवसर पाउँछन् ।

हालसम्म यो संस्थामा अध्ययन गरेका आईक्यान तथा आईपीएआईअन्तर्गत अध्ययन गरेका ४ सयभन्दा बढी विद्यार्थीले सीए उत्तीर्ण गरिसकेका छन् । यस संस्थामा आफैंले तयार गरेका गुणस्तरीय पाठ्यसामग्रीहरूको प्रयोग गरिन्छ, जसले गर्दा व्यावहारिक र गुणस्तरीय शिक्षा लिने अवसर विद्यार्थीले पाएका छन् । त्यसैले पनि प्राइम सीए विद्यार्थीहरूको पहिलो रोजाइमा परेको छ । साथै, नेपालमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन गर्दैगर्दा पनि नेपालका ठूला औद्योगिक प्रतिष्ठानहरूमा रोजगारीको अवसर प्राप्त गरेका छन् । यसबारे संस्थाका सीईओ टङ्कलाल श्रेष्ठ भन्छन्, ‘नेपालमा अध्ययन गर्ने विद्यार्थीहरूले नेपालकै व्यावसायिक संस्थाहरूमा अनुभव प्राप्त गर्ने मौका पाएका हुन्छन् ।

अन्य व्यावसायिक शिक्षाका लागि लाग्ने शुल्कको तुलनामा सीए कोर्सको शुल्क सस्तो छ । यसमा लाग्ने बोर्डको शुल्क, कलेजको सम्पूर्ण शुल्क तथा अध्ययन सामग्रीका खर्चहरूसमेत मिलाएर ४ लाख रुपैयाँसम्म लाग्ने सीईओ श्रेष्ठ बताउँछन् ।

संस्थाले यस पटकदेखि आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । संस्थाले छात्रवृत्तिका लागि आवेदन गर्ने विद्यार्थीहरूलाई उनीहरूको आर्थिक अवस्था हेरेर १५/२० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ । साथै, राम्रो अङ्क ल्याउने जेहेनदार विद्यार्थीहरूका लागि पनि छात्रवृत्तिको व्यवस्था गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।