काठमाडौंको पुतलीसडकमा अवस्थित सीएआई प्रालि देशको सीए जनशक्ति आवश्यकतालाई महसूस गरेर स्थापना भएको संस्था हो । यसको स्थापना नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था खुल्नुभन्दा पनि १ वर्षअघि सन् १९९६ मा भएको हो ।
त्यतिबेला सीएको नेपाल बोर्ड नभएका कारण भारतीय बोर्डअन्तर्गतको सीए कोर्स सञ्चालन गरिएको थियो । यसलाई सीएआईले अहिले पनि निरन्तरता दिइराखेको छ । साथै, यस इन्ष्टिच्युटले हाल नेपाल बोर्डअन्तर्गतको सीए कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ ।
सीएआईले विद्यार्थी सङ्ख्याका आधारमा आफ्नै पुस्तकालयमा पर्याप्त मात्रामा पाठ्यपुस्तकको व्यवस्था गरेको छ । हालसम्म यस इन्ष्टिच्युटबाट ६ सय जनाले सीए पढिसकेका छन् । उनीहरूकै सिफारिशका आधारमा हरेक वर्ष नयाँ नयाँ विद्यार्थी पढ्न आउने गरेको सीएआईको अनुभव छ ।
दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पढाइ हुने यस इन्ष्टिच्युटले विशेषतः ग्रामीण क्षेत्रका र गरीब तथा जेहेनदार विद्यार्थीको सहभागितालाई जोड दिई निश्चित सङ्ख्यामा छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । ग्रामीण क्षेत्रबाट प्रतिनिधित्व गर्ने विद्यार्थी सीए भयो र ठाउँमा पुग्यो भने देशको आर्थिक विकासमा योगदान गर्न सक्ने मान्यताले यसो गरिएको सीएआईका अध्यक्ष बालचन्द्र प्रवाहको भनाइ छ । अरू कसैको दबाब र प्रभावमा यो विषय पढ्न नहुने र आफैले सोचविचार गरी प्रतिबद्ध भई पढ्नुपर्ने सुझाव उनको छ । ‘कक्षा १२ को नतीजामा जति प्रतिशत भए पनि सीए बनेरै छोड्ने प्रतीज्ञा छ भने हामी त्यस्ता विद्यार्थीलाई सीएआईमा प्रोत्साहन गर्छौं,’ प्रवाह भन्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।