प्रमुख गतिविधि :
रूपन्देहीमा आयोजित आठौं वार्षिक साधारणसभाबाट बैङ्कले २७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो ।
बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण र गत आर्थिक वर्षको सोही त्रैमासमा प्रकाशित वित्तीय विवरणबीच तुलना गर्दा :
- बैङ्कको खुद नाफा २६ करोड ९० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करीब ४३ प्रतिशत वृद्धि हो । यही समयमा पूँजी ३७ प्रतिशत वृद्धि भयो ।
- पूँजी वृद्धिको तुलनामा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्नु कम्पनीको एउटा सकारात्मक पक्ष रहेको छ, जसले गर्दा भविष्यमा लाभांशमा ठूलो कमी नआउने देखिन्छ । बैङ्कको प्रतिशेयर आम्दानी ३२ दशमलव ५२ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत धेरै हो ।
- यो अवधिमा बैङ्कले ९ अर्ब २६ करोड निक्षेप सङ्कलन गरी ८ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप २८ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह पनि २८ प्रतिशत नै वृद्धि भएको छ ।
- कम्पनीको जगेडा कोषमा भने ५१ प्रतिशतको सुधार भएको छ । ३० करोड ८३ लाखको कोष वृद्धि भएर ४६ करोड ४० लाख पुगेको छ ।
- बैङ्ककोे प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी ५६ प्रतिशत वृद्धि भएको छ । बैङ्क ५० करोड १० लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कले ३२ करोड २० लाख खुद ब्याज आम्दानीबापत कमाएको थियो ।
- बैङ्कले १ करोड ७१ लाख लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट ४३ लाख ४२ हजार रकम फिर्ता गरेको छ । त्यस्तै, निष्क्रिय कर्जाका लागि ४६४ दशमलव ९८ प्रतिशत रकम प्रोभिजन गरेको छ ।
- बैङ्कले प्रकासन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १४२ दशमलव शून्य ७ प्रतिशत, पूँजीकोष लागत ५ दशमलव ४८ प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव ६२ गुणा, निष्क्रिय कर्जा शून्य दशमलव २६ प्रतिशत, ब्याज स्प्रेडदर ६ दशमलव ७ प्रतिशत रहेको छ ।
निष्कर्ष
बोनस शेयरपछि कम्पनीको पूँजी १ अर्ब १० लाख पुगेको छ । हाल यस बैङ्कको कार्यक्षेत्र १० जिल्ला रहेका छन् । नेपाल राष्ट्र बैङ्कले १० जिल्ला कार्यक्षेत्र भएका विकास बैङ्कहरूको न्यूनतम चुक्तापूँजी रू. १ अर्ब २० करोड पुर्याउने निर्देशन दिएकोमा शाइन रेसुङ्गालाई उक्त चुक्तापूँजी पुर्याउन कुनै गाह्रो नहुने देखिन्छ । बैङ्कले अर्को वर्ष न्यूनतम ११ प्रतिशत बोनस शेयरले पनि सजिलै पूँजी वृद्धि गर्न सक्छ ।
बैङ्क खुद नाफासँगै प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको छ । मर्ज र बोनस शेयरबाटै पूँजी वृद्धि गरेको बैङ्कलाई आगामी दिनमा राम्रै लाभांश दिन कुनै गाह्रो नहुने देखिन्छ ।
प्राविधिक विश्लेषण : मूल्य टेवा क्षेत्रतर्फ
प्रतिरोध २ : ४८७ । प्रतिरोध १ : ४६० । टेवा १ : ४२० । टेवा २ : ३६७ । हालको अन्तिम मूल्य : ४४७
बजारको अवस्था
यस कम्पनीको ३१ मे २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा मूल्य ४ सय ४७ मा अन्तिम कारोबार भएको छ । यो अघिल्लो दिनको कारोबारभन्दा १२ रुपैयाँ अर्थात् २ दशमलव ७६ प्रतिशत बढी हो । परिमाण ३६ सय ४५ रहेको छ । यो अघिल्लो दिनको भन्दा १ हजार ६४कित्ता कम हो ।
मूल्यको प्रवृत्ति विश्लेषण
२०१७ फेब्रुअरी १२ देखि बढ्दो प्रवृत्तिमा रहेको मूल्य गत १ महीनादेखि प्रवृत्तिहीन देखिएको छ । अन्तिम दिनको कारोबारमा बजार ४ सय २५ को न्यूनतम बिन्दुसम्म झरेको थियो । यो बिन्दु करीब ४ सय २० को टेवा क्षेत्रमा पर्छ ।
अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : १४ र २६ दिनको ईएमएहरू एकआपसमा नजिकिँदै गएको देखिन्छ । यसले बजारमा मागभन्दा आपूर्ति बढी रहेको सङ्केत गर्छ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५१ अङ्कमा रहेको छ र यसको प्रवृत्ति अझै पनि घट्दो अवस्थामा रहेको देखिन्छ ।
मैनबत्ती : अन्तिम दिन र अघिल्लो दिनको मैनबत्तीहरूले बुलिश इन्गल्फिङ आकृति बनाएको देखिन्छ । यो आकृतिले अर्को कारोबार दिनमा पनि मूल्य बढ्न सक्ने सङ्केत गर्छ ।
परिमाण : बढ्दो या घट्दो आकृतिको मैनबत्तीहरूलाई परिमाणले खासै समर्थन गरेको देखिँदैन ।
निष्कर्ष
बजारको प्रवृत्ति र उल्लिखित सूचकको आधारमा बजार विश्लेषण गर्दा यदि बजार ४ सय ६० भन्दा माथि स्थिर रहेमा सकारात्मक हुन सक्ने सङ्केत गर्दछ । अर्को प्रतिरोध ४ सय ८७ मा रहेको देखिन्छ । त्यस्तै, बजार ४ सय २० भन्दा तल झरेमा नकारात्मक क्षेत्रमा हुन सक्ने सम्भावना देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।