जेठ १९, काठमाडौं (अस) । प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने कार्य शुक्रवार ३ बजेसम्मको लागि स्थगित भएको छ । प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने तयारी स्वरुप बोलाइएको संसदको कार्यव्यवस्था परामर्श समितिमा सत्तारुढ र विपक्षी दलहरुको राय बाझिएपछि अब यसबारे सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेताहरुसँग दिउँसो ३ बजे परामर्श गर्ने बताइएको छ ।
संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवारदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी थिईन् । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र संसद् सचिवालयमा बिहीवार प्राप्त भए पनि संसद् बैठक अवरुद्ध भएकाले विगतको अभ्यासानुसार उक्त पत्र संसद्मा जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने कार्य पूरा हुन सकेन । एमालेले भने आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।