जेठ १९, काठमाडौं । गत साता सुनचाँदीको भाउमा खासै परिवर्तन देखिएन । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुनको मूल्य रू. २ सयले घटेको छ । आइतवार रू. ५४ हजार ८ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार घटेर रू. ५४ हजार ६ सयमा किनबेच भएको हो । साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार २ सय ६१ दशमलव १५ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ३ रुपैयाँ ४४ पैसा रहेको छ । गत साता चाँदीको भाउ भने रू. ५ ले घटेको हो ।
सोमवार सुनको मूल्य स्थिर रहेको थियो । मङ्गलवार मूल्य रू. २ सयले बढेर रू. ५५ हजार पुगेको थियो । बुधवार सुनको मूल्य रू. ३ सयले घटेर रू. ५४ हजार ७ सय पुगेको थियो । बिहीवार मूल्यमा रू. २ सयको वृद्धि देखिएको थियो । शुक्रवार सुनको मूल्य रू. ३ सय घटेर रू. ५४ हजार ६ सयमा किनबेच भएको हो । आइतवार रू. ७ सय ७० मा किनबेच भएको चाँदीको मूल्य साताको अन्तिम दिन घटेर रू. ७ सय ६५ पुगेको हो ।
गत हप्ताको सुन चाँदीको मूल्य प्रतितोलामा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।