शिक्षा नियमावली पारित

Share News

जेठ १९, काठमाडौं । मन्त्री परिषदको विधेयक समितिले शुक्रवार शिक्षा नियमावली–२०७३ पारित गरेको छ । शिक्षा ऐन प्रमाणिकरण भएको करीब १० महीनापछि नियमावली पारित भएको हो । गत असार १५ गते नै ऐन प्रमाणिकरण भए पनि नियमावलीमा समेटिएका विविध विषयहरूमा सहमति जुट्न नसक्दा नियमावली पारित हुन सकेको थिएन ।

नियमावलीको ड्राफ्टमा स्थानीय तहको संरचनाले के कसरी काम गर्ने भन्ने विषय थप गरी पारित गरिएको शिक्षा मन्त्री धनीराम पौडेलका प्रेस संयोजक जनार्दन पोखरेलले बताए । ‘नियमावलीको ड्राफ्ट तयार हुँदा संघीय संरचनाको विषय समेटिएको थिएन,’ उनले भने, ‘स्थानीय तहका निर्वाचन अघि बढिसकेकाले अब त्यो संरचनाको कुरा पनि नियमावलीमा समेट्नु आवश्यक भएकाले थप गरिएको छ ।’

संघीयतामा शिक्षा नियमावलीलाई कसरी कार्यान्वयनयोग्य बनाउने भन्ने विषयमा यतिबेला शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरूको बैठक चलिरहेको छ ।  संशोधनसहितको पारित नियमावली सोमवारसम्म सार्वजनिक गरिने प्रेस संयोजक पोखरेलले जानकारी दिए ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।