इण्डेक्स फर्निचर : इण्डेक्स फर्निचर अब नेपालमा

Share News

इण्डेक्स फर्निचरमा अहिले दुई स्थान गरी ४२ हजार वर्गफुट क्षेत्रफलको स्टोर छ । स्टोरमा नेपाली जीवनशैलीलाई उपयुक्त हुने आधुनिक तथा परम्परागत फर्निचरका साथै ग्राहकलाई थप सुविधा दिनका लागि करीब १५ करोड रुपैयाँ लगानी गरिएको निर्देशक तुलाधर बताउँछन् ।


पछिल्लो समय घर तथा कार्यालय सजावट आधुनिक जीवनशैलीको महŒवपूर्ण अङ्ग बन्न थालेको छ । आन्तरिक सजावटप्रति नेपालीहरूको बढ्दो मोहसँगै लगानीकर्ताहरू पनि यो व्यवसायतर्फ आकर्षित भएका छन् । हाल नेपालमा ५ सयभन्दा बढी फर्निचर व्यवसायी रहेको फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको तथ्याङ्क छ । यो व्यवसायमा मात्र हालसम्म १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको सङ्घको आँकलन छ । नेपालीहरूको फर्निचरप्रति बढ्दो मोहलाई ध्यानमा राखेर इण्डेक्स फर्निचर नेपाल प्रालिले सेप्टेम्बेर १३ देखि थाइल्याण्डमा उत्पादित इण्डेक्स फर्निचरको फ्रेञ्चाइजी सञ्चालनमा ल्याएको छ ।

इण्डेक्स फर्निचर नेपालले मेट्रोपार्क उत्तरढोका लाजिम्पाट तथा स्टील टावर जावलाखेल गरी दुई स्थानबाट नेपालमा इण्डेक्स फर्निचरको औपचारिक विक्री शुरू गरेको छ । फर्निचर व्यवसायमा लगानीकर्ताहरू उल्लेख्य भए पनि नेपाली उपभोक्ताले हालसम्म गुणस्तरीय फर्निचर पाउन नसकेको इण्डेक्स फर्निचर नेपाल प्रालिका निर्देशक विनोद तुलाधर बताउँछन् । नेपालमा सञ्चालनमा आएको फ्रेञ्चाइजी इण्डेक्स फर्निचर थाइल्याण्डको सातौं फ्रेञ्चाइजी हो । कम्पनीले नेपालभन्दा पहिला भियतनाम, लाओस, माल्दिभ्स, पाकिस्तान, यूएई तथा उत्तर साइप्रसमा फ्रेञ्चाइजी स्थापना गरिसकेको छ । इण्डेक्स फर्निचरको स्थापना ३५ वर्षअगाडि इण्डेक्स इण्टरफर्न ग्रूपका अध्यक्ष पतमासतयासोन्थीले थाइल्याण्डमा गरेका हुन् । थाइल्याण्डका १९ स्थानमा शोरूम सञ्चालन गरेको फर्निचरले खुद्रा बजारको करीब २५ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ । थाइल्याण्डमा रहेको कम्पनीको शोरूममा फर्निचरका साथै घर सजावटका लागि आवश्यक सम्पूर्ण सामग्री पाउन सकिन्छ ।

हरेक आकार र रङमा उपलब्ध कार्पेट, म्याट्रेश, इण्टेरियर बेड तथा किचेनका सामग्रीका कारण विश्वबजारमा इण्डेक्सका उत्पादनप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । विश्वबजारमा जस्तै नेपाली उपभोक्ताको चाहना पनि अन्तरराष्ट्रिय ब्राण्डतर्फ बढ्दै गएका कारण नेपालमा पनि फ्रेञ्चाइजी सञ्चालनमा ल्याएको थाइल्याण्डस्थित इण्डेक्स लिभिङ मल कम्पनी लिमिटेडकी असिष्टेण्ट भाइस प्रेसिडेण्ट नुचनोइ कित्सुब्पाइबुजले बताइन् । उनी भन्छिन्, ‘विगतदेखि नै हामीले नेपालमा व्यवसाय शुरू गर्न खोजेका हौं । अहिले हामीले खोजेजस्तो कम्पनी पाएका कारण सहकार्य गरेका हौं ।’ गुणस्तरीय तथा आकर्षक उत्पादनका कारण नेपाली फर्निचर बजारमा चाँडै नै इण्डेक्स पहिलो नम्बरमा आउने नुचनोइको दाबी छ ।
 
फर्निचर डिजाइनका लागि थाइल्याण्डको केन्द्रीय कार्यालयमा करीब ५० जनाको अन्तरराष्ट्रियस्तरको दक्ष कालिगढको समूह रहेको छ । त्यस्तै, अन्तरराष्ट्रिय ख्याति प्राप्त यूरोपियन डिजाइन पनि रहेका छन् । विश्वबजारमा घर सजावटका लागि आवश्यक सम्पूर्ण सामग्री विक्री गरे पनि नेपालमा भने अहिले फर्निचर मात्र उपलब्ध छ । तीन ब्राण्डका फर्निचर उत्पादन गर्ने कम्पनीले अहिले नेपालमा इण्डेक्स र विनर ब्राण्डका फर्निचर विक्री शुरू गरेको छ । चाँडै नै उच्च गुणस्तरीय ब्राण्ड ‘लजी’का फर्निचर पनि नेपाली बजारमा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

इण्डेक्स फर्निचरमा अहिले दुई स्थान गरी ४२ हजार वर्गफुट क्षेत्रफलको स्टोर छ । स्टोरमा नेपाली जीवनशैलीलाई उपयुक्त हुने आधुनिक तथा परम्परागत फर्निचरका साथै ग्राहकलाई थप सुविधा दिनका लागि करीब १५ करोड रुपैयाँ लगानी गरिएको निर्देशक तुलाधर बताउँछन् । उनी भन्छन्, ‘स्टील टावरमा रहेको इण्डेक्सको शोरूम नेपालमा सञ्चालनमा आएको सबैभन्दा ठूलो फर्निचरको शोरूम हो ।’ मोडर्न इटालियन, रोमाण्टिक सेन्सेशन, ट्रेडिसनल इलिगेण्ट तथा मिक्स एण्ड म्याच गरी चारओटा अवधारणामा इण्डेक्सका फर्निचर डिजाइन गरिएका छन् । चारओटा अवधारणामा आधारित डिजाइनमा ग्राहकको मागअनुसार सबै आकारमा यस्ता फर्निचर उपलब्ध रहेको कम्पनीले बताएको छ । 

इण्डेक्स फर्निचरले नेपालमै पहिलोपटक थ्रीडी सर्भिस उपलब्ध गराएको छ । ग्राहकले फर्निचर खरीद गर्नुअगावै आफ्नो कोठाको सजावट कस्तो हुन्छ, कम्युटरमा हेर्न सकिने सुविधा थ्रीडी सर्भिस हो । इण्डेक्समा रहेका सम्पूर्ण फर्निचर सफ्टवेयरमा राखिएका कारण यो सर्भिसले ग्राहकहरू बढी लाभान्वित हुने इण्डेक्स फर्निचर नेपालका बजार व्यवस्थापक निखिल तुलाधर बताउँछन् ।



फोर जोय कन्सेप्ट


ग्राहकलाई फर्निचर खरीद गर्न सजिलो बनाउने उद्देश्यले कम्पनीले फोर जोय कन्सेप्ट ल्याएको छ । जोय प्राइस, जोय डिजाइन, जोय क्वालिटी र जोय सर्भिसमा आधारित अवधारणाले उपभोक्ताहरू इण्डेक्स फर्निचरप्रति आकर्षित हुने कम्पनीको दाबी छ । ग्राहकको घरलाई घरजस्तै बनाउन कम्पनीले सबै प्रकारका सुविधा उपलब्ध गराएको निर्देशक तुलाधर बताउँछन् । ‘अन्तरराष्ट्रियस्तरको डिजाइन तथा ब्राण्ड भए पनि नेपाली ग्राहकहरूको क्षमताअनुसार हामीले सुलभ मूल्यमै फर्निचर उपलब्ध गराएका छौं,’ उनी भन्छन् । जोय प्राइसअन्तर्गत सुलभ मूल्य, जोय डिजाइनअन्तर्गत विश्वस्तरीय डिजाइनरले तयार पारेका लाखौं मोडलका डिजाइन, जोय क्वालिटीअन्तर्गत उच्चतम गुणस्तर तथा जोय सर्भिसअन्तर्गत आशा गरिएभन्दा राम्रो सेवा प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले विक्री गर्ने हरेक प्रकारका फर्निचरको फिटिङमा २५ वर्षको वारेण्टी सुविधा उपलब्ध गराएको छ । २५ हजारभन्दा बढीको सामान खरीद गर्ने ग्राहकलाई निःशुल्क ढुवानीको व्यवस्था छ ।  


उद्घाटन अफर



इण्डेक्स फर्निचरले नेपालमा फ्रेञ्चाइजी शुरू गरेको अवसरमा ग्राहकहरूका लागि केही विशेष अफर घोषणा गरेको छ । योजनाअनुसार ग्राण्ड ओपनिङ समयभर कम्पनीमा सबैभन्दा बढी सामान खरीद गर्ने ग्राहकले आफ्नो एक जना साथीसहित थाइल्याण्डको बैङ्कक घुम्ने अवसर प्राप्त गर्नेछ । उक्त भाग्यमानी ग्राहकलाई इण्डेक्स लिभिङ मल थाइल्याण्डले दुई रात तीन दिनको प्याकेजसहित बीच रिसोर्टमा खानेबस्ने सुविधा छ । त्यस्तै, न्यूनतम ५० हजार रुपैयाँका सामग्री खरीद गर्ने हरेक ग्राहकले एक थान स्वास्थ्यवद्र्धक सिरानी उपहारस्वरूप प्राप्त गर्नेछन् । न्यूनतम ८५ हजार रुपैयाँको फर्निचर खरीद गर्ने ग्राहकले एक थान यूके स्टुल प्राप्त गर्नेछ भने न्यूनतम १ लाख ४० हजार रुपैयाँबराबरको फर्निचर खरीद गर्ने ग्राहकले एक थान इटन स्टुल उपहारस्वरूप पाउने कम्पनीले बताएको छ ।

कम्पनीको शोरूमबाट २ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरीद गर्ने प्रत्येक ग्राहकले जुत्ता राख्ने क्याबिनेटसमेत उपहारस्वरूप प्राप्त गर्नेछन् । त्यस्तै २ हजार रुपैयाँबराबरको खर्च गर्ने दुईजना भाग्यशाली ग्राहकले आइप्याड प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । फर्निचरमा प्रत्येक २ हजार रुपैयाँ खर्च गरेबापत ग्राहकले एउटा कुपन प्राप्त गर्नेछन् । कुपनमध्ये दुईजना भाग्यशाली ग्राहक छनोट हुनेछन् । १२ सेप्टेम्बरदेखि १९ अक्टोबर २०१२ सम्म इण्डेक्सको दुईओटै शोरूममा फर्निचर खरीद गर्ने ग्राहकले योजनामा समावेश हुन पाउने तुलाधरले बताए ।

स्थान सदुपयोगका लागि स्मार्ट फ्लेक्स सुविधा


सीमित स्थान तथा सामग्री बढी भएको अवस्थामा कोठा व्यवस्थापन गर्न असहज हुन्छ । ग्राहकहरूको त्यही समस्यालाई ध्यानमा राखेर इण्डेक्स फर्निचरले स्मार्ट फ्लेक्स सुविधा भएको फर्निचर ल्याएको छ । स्मार्ट फ्लेक्समा ग्राहकले आफ्नो आवश्यकताअनुसारका फर्निचर जडान तथा छुट्ट्याउन सक्छन् ।

यस्ता फर्निचरमा फोल्डिङ सिष्टम भएका कारण सानो स्थानबाट पनि धेरै काम लिन सकिन्छ । फर्निचर जडानका लागि च्यानलको सहयोग लिनुपर्ने हुन्छ । भित्तामा जडान गरिएको च्यानलमा आवश्यकताअनुसार काठ तथा फलामको ¥याक, क्याबिनेट तथा लुगा झुण्डाउने स्ट्याण्ड जडान गर्न सकिन्छ ।

आवश्यक परेमा कम्पनीले पनि जडानको सुविधा उपलब्ध गराउँछ । त्यस्तै कम्पनीसँग डीआईवाई (डु इट योर सेल्फ) सुविधा पनि रहेको छ । यसमा ग्राहकले सुपरमार्केटमा अन्य सामान खरीद गरेजस्तै फर्निचर पनि खरीद गर्न सक्छन् । त्यसमा फर्निचरका विभिन्न भागलाई ग्राहक आफैले घरमा लगेर जडान गर्नुपर्छ । जडान गर्ने तरीका भने सबै फर्निचरसँगै उपलब्ध हुन्छ । सामान्य ग्राहकले पनि जडान गर्न सक्ने हुनाले यो सेवाले ग्राहकलाई पर्ने थप जडान शुल्कको भार पर्न दिँदैन । विदेशतिर बढी प्रचलनमा रहेको यस्तो सुविधा नेपालमा भित्र्याउने इण्डेक्स पहिलो फर्निचर कम्पनी हो ।


:yfg ;b'kof]usf nflu :df6{ kmn]S; ;'ljwf

 

 

;Lldt :yfg tyf ;fdu|L a9L ePsf] cj:yfdf sf]7f Joj:yfkg ug{ c;xh x'G5 . u|fxsx¿sf] ToxL ;d:ofnfO{ Wofgdf /fv]/ O08]S; kmlg{r/n] :df6{ kmn]S; ;'ljwf ePsf] kmlg{r/ NofPsf] 5 . :df6{ kmn]S;df u|fxsn] cfkmgf] cfjZostfcg';f/sf kmlg{r/ h8fg tyf 5'§Øfpg ;S5g .

 

 

o:tf kmlg{r/df kmf]lN8ª l;i6d ePsf sf/0f ;fgf] :yfgaf6 klg w]/} sfd lng ;lsG5 . kmlg{r/ h8fgsf nflu Rofgnsf] ;xof]u lng'kg]{ x'G5 . leQfdf h8fg ul/Psf] Rofgndf cfjZostfcg';f/ sf7 tyf kmnfdsf] ¥ofs, Soflag]6 tyf n'uf em'08fpg] :6Øf08 h8fg ug{ ;lsG5 .

 

 

cfjZos k/]df sDkgLn] klg h8fgsf] ;'ljwf pknAw u/fpF5 . To:t} sDkgL;Fu 8LcfO{jfO{ -8' O6 of]/ ;]Nkm_ ;'ljwf klg /x]sf] 5 . o;df u|fxsn] ;'k/dfs]{6df cGo ;fdfg v/Lb u/]h:t} kmlg{r/ klg v/Lb ug{ ;S5g . To;df kmlg{r/sf ljleGg efunfO{ u|fxs cfkm}n] 3/df nu]/ h8fg ug'{k5{ .

 

 

h8fg ug]{ t/Lsf eg] ;a} kmlg{r/;Fu} pknAw x'G5 . ;fdfGo u|fxsn] klg h8fg ug{ ;Sg] x'gfn] of] ;]jfn] u|fxsnfO{ kg]{ yk h8fg z'Nssf] ef/ kg{ lbFb}g . ljb]zlt/ a9L k|rngdf /x]sf] o:tf] ;'ljwf g]kfndf leœofpg] O08]S; klxnf] kmlg{r/ sDkgL xf] .

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।