इन्टरनेसनल डेभलपमेन्ट बैङ्क विशेष : सेवाग्राहीको नजरमा इन्टरनेसनल डेभलपमेन्ट बैङ्क

Share News

बैङ्कको सेवाबाट प्रभावित छु

शम्भु घिमिरे
लायन्स क्लबका फष्ट डिष्ट्रक्ट गभर्नर (ऋणी)


स्थापनाकालदेखि नै यो बैङ्कबाट वित्तीय सुविधा लिँदै आएको छु । बैङ्कका केही शेयरधनी रामेछापका भएकाले पनि शुरूमा यो बैङ्कमा कारोबार शुरू गरेको हुँ । तर, कारोबार शुरू गरेपछि भने बैङ्कको चुस्त, दुरूस्त र पारदर्शी सेवासुविधाबाट निकै प्रभावित भएको छु । उत्कृष्ट सेवाकै कारण बैङ्कले छोटो समयमा मजस्ता धेरै सेवाग्राहीको मन जित्न सफल भएको हो । यो बैङ्कका उच्च पदाधिकारीसँग सेवाग्राहीको पहुँच निकै राम्रो छ, जुन अन्य अधिकांश बैङ्कहरूका पदाधिकारीहरूसँग हुँदैन । यसको अर्थ सेवासुविधाका क्रममा देखिएका समस्या/गुनासाहरू सम्बन्धित विभागका प्रमुखसँगै सजिलै राख्न सकिन्छ ।

बैङ्कले छिटोछरितो र उत्कृष्ट सेवा प्रदान गरेको छ


दुर्गा दाहाल


कृषि सामग्री व्यवसायी (ऋणी) मैले लामो समयदेखि कृषि सामग्रीको व्यवसाय गर्दै आएको छु । व्यवसायी भएकाले पनि बैङ्कसँग दैनिकजसो कारोबार गर्नुपर्ने हुन्छ । यो बैङ्क सञ्चालनमा आउँदा साइनबोर्डमा ‘३ सय ६५ दिनै बिहान ८ देखि साँझ ८ बजेसम्म कारोबार सञ्चालन’ लेखिएको देखें । त्यही साइनबोर्डले मलाई आकर्षित गरेको हो । बैङ्कमा सेवा शुरू गरेपछि बैङ्कका सबै पक्ष राम्रो लागेकाले अहिलेसम्म पनि कारोबारलाई निरन्तरता दिएको छु । दैनिकजसो बैङ्कमा आउनुपर्ने भएकाले पनि बैङ्कसँग नजिकको सम्बन्ध जोडिन पुगेको छ । छिटोछरितो, सर्वसुलभ र उत्कृष्ट सेवा प्रदान गरेकाले नै यो बैङ्क मेरो रोजाइमा परेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।