फेवाताल किनारका अवैध संरचना हटाइयो

Share News
कास्की । पोखराको पर्यटकीय केन्द्र फेवाताल किनारमा मापदण्ड मिचेर निर्माण गरिएको संरचना पोखरा लेखनाथ महानगरपालिकाले बिहीवार भत्काएको छ । मुलुकको सङ्क्रमणकालीन अवस्थाको फाइदा उठाउँदै निर्माण गरिएका र हालसालै व्यक्तिगत प्रयोजनका लागि रातारात निर्माण गरिएको अवैध संरचना भत्काइएको हो । फेवाताल किनारमा पर्ने खपौंदी, गैराको चौतारालगायतका स्थानमा तालनजीक केही व्यवसायीले घरटहरा निर्माण गरिरहेका बेला महानगरले पटकपटक निर्माण सामग्रीहरू जफत गरेको थियो । तर, उनीहरूले निर्माण जारी राखेपछि महानगरपालिकाले बिहीवार डोजर लगाएर भत्काएको हो । नगर प्रहरी, नेपाल प्रहरीसहित टोली प्रयोग गरेर गैरकानूनी संरचना भत्काएको महानगरका मेयर मानबहादुर जिसीले बताए । ‘पटकपटक गरेको आग्रह बेवास्ता गरेपछि बाध्य भएर डोजर लगाउनु पर्योक,’ उनले भने, ‘फेवाताल पोखराको गहना हो, यसको संरक्षण गर्नु महानगरको दायित्व हो ।’ जिसीले फेवाताल र सिमसार क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काएरै छाड्ने बताए । उनले फेवाताल पोखराको गहना भए पनि मानव अतिक्रमण र प्राकृतिक अतिक्रमणको चपेटामा पर्दै जान थालेको उल्लेख गरे । दिन प्रतिदिन ताल वरिपरिका सिमसार क्षेत्रमा अतिक्रमण बढेपछि स्थानीयले महानगर र सरोकारवाला निकायलाई अतिक्रमणप्रति गम्भीर हुन ध्यानाकर्षण गराएका थिए । फेवाताल सिमसार क्षेत्रमा केही व्यवसायीले धमाधम घरटहरा निर्माण गरेको भन्दै स्थानीयले उनीहरूविरुद्ध कारबाही गर्न माग गरेका थिए । फेवाताल र वरपरको सिमसार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनालगायतका घरटहरा भत्काउने अभियानलाई तीव्रता दिने उपमेयर मञ्जुदेवी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।