रन ब्राण्डका जुत्तामा हात खाली नजाने उपहार

Share News

रन शुज इण्डष्ट्रिज प्रालिले ‘रन’ ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । विगत ६ महीना अघिबाट बजारमा आएको रन ब्राण्डका उत्पादनहरू आधुनिक फेशनअनुसार तयार गरिएको कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । कम्पनीले दशैंतिहारको अवसरमा यस ब्राण्डका जुत्तामा ‘हात खाली नजाने’ उपहारसमेत ल्याएको छ । उक्त उपहार योजनामा ग्राहकले ५० देखि १ लाख रुपैयाँसम्म छूट पाउने न्यौपानेको भनाइ छ । त्यसैगरी प्रत्येक जोर जुत्ताको खरीदमा ग्राहकले ५ देखि शतप्रतिशतसम्म छूट पाउनेछन् । कम्पनीले आफ्ना जुत्ताको बजार विस्तारका लागि स्क्र्याच कुपनमार्फत भाग्यशाली ग्राहकलाई आफ्नो तौलबराबरको रकमसमेत उपलब्ध गराउने बताएको छ ।

कम्पनीको उत्पादन कारखाना भक्तपुरको पेप्सीकोलामा छ । कारखानामा हाल सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । दैनिक ४ सय ५० जोर जुत्ता उत्पादन गर्दै आएको कम्पनीले क्षमता विस्तारको योजना बनाएको छ । अबको केही समयपछि उत्पादन क्षमता विस्तार गरिने न्यौपानेले बताए । कम्पनीले हाल क्याजुअल, पार्टी, स्पोटर्स, कलेज, स्कूल शुजको उत्पादन गर्दै आएको छ ।

रन शुज इण्डष्ट्रिजका उत्पादन नेपालका करीब ४५ जिल्लामा विक्री हुँदै आएको छ । अन्य जिल्लाबाट पनि माग आउन थालेकाले केही महीनापछि ७५ औटै जिल्लामा आफ्ना उत्पादन पुर्‍याउने लक्ष्य रहेको न्यौपानेले बताए । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ चीन, भारत, मलेसिया र पाकिस्तानबाट ल्याउने गरको छ । कम्पनीले आफ्ना उत्पादनमा ६ महीनाको वारेण्टी सुविधासमेत उपलब्ध गराएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।