नर्भिकमा आवश्यक सम्पूर्ण ल्याबको व्यवस्था

Share News
सन् २००७ देखि नर्सिङ पढाउन थालेको नर्भिक इन्ष्टिच्युट अफ नर्सिङ एजुकेशन कलेजमा पीसीएल, बीएससी नर्सिङ र पीबीएन गरी तीन तहको नर्सिङ पढाइ हुन्छ । प्रारम्भिक चरणमा पीसीएलबाट नर्सिङ शिक्षा शुरू गरको यस कलेजले सन् २००८ देखि बीएससी र पीबीएन तहका नर्सिङ शुरू गरेको हो । यस कलेजमा पीसीएल नर्सिङका लागि ४०, बीएससी र पीबीएनका लागि क्रमशः २० र ३० जनाको सीट क्षमता छ । पीबीएन नर्सिङ अध्ययन गर्न पीसीएल नर्सिङमा ५० प्रतिशत अङ्क ल्याएको र २ वर्षको कार्यअनुभव भएको हनुपर्ने प्रावधान छ । त्यसैगरी बीएससी नर्सिङ अध्ययन गर्न भने माध्यमिक तह (कक्षा ११ र १२)मा बायोलोजी, केमेष्ट्री, फिजिक्स र अङ्ग्रेजी विषयमा ५० प्रतिशतभन्दा बढी अङ्क ल्याएको हुनुपर्दछ । यस कलेजमा नर्सिङ अध्ययन गर्न आवश्यक सम्पूर्ण ल्याब छ । यहाँ लाइब्रेरी, होष्टेल, फिल्ड भिजिट, फ्री इण्टरनेटको व्यवस्था छ । कलेजको आफ्नै नर्भिक अस्पताल रहेकाले यहाँ अध्यनरत विद्यार्थीलाई रोजगारी पाउन सहज छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।