माघ १८, कास्की । पोखरा जाने पर्यटकहरुको आकर्षणको केन्द्र फेवातालमा रहेको जलकुम्भी झार र फोहोर निकाल्नका लागि अत्याधुनिक मेसिन ल्याइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी कुल १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो । मेसिनको बुधवार फेवातालमा परीक्षणसमेत गरिएको छ ।

जलकुम्भी झार निकाल्नका लागि क्यानडाबाट एक्वाइटिक प्लाण्ट हार्भेस्टिङ् मेसिन झिकाइएको फेवाताल संरक्षण आयोजना प्रमुख इञ्जिनियर महेन्द्र बहादुर गोदारले बताए । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना रहेको इञ्जिनियर गोदरले बताए । ‘जलकुम्भी जम्मा गर्ने ठाउँको खोजी गरिरहेका छौं,’ इन्जिनियर गोदारले भने, ‘यसबाट हामीले कम्पोस्ट मल बनाउने योजना बनाएका छौं ।’

जलकुम्भी झार र अनियन्त्रित प्लाष्टिक जन्य फोहरका कारण फेवाताल लामो समयदेखि प्रदुषित हुंदै गएपछि जलकुम्भीलगायत झार व्यवस्थापनका लागि २०७४ वैशाख १९ गते महानगरपालीकाले मेसिन खरीद गर्ने निर्णय गरेको थियो । यस अघि महानगरपालिका, एनजीओ र आइएनजीओलगायत विभिन्न सङ्घसंस्थाले जलकुम्भीका लागि बर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएका थिए । तर, लाखौं खर्चिदा पनि समस्या भने घट्नुको सट्टा बढ्दो थियो ।

झारका कारण फेवातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई डुङ्गा सयरमा समेत बेला बेलामा समस्या पर्ने गरेको थियो । जलकुम्भी झारको ब्यवस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक मेसिन खरीद गरेको उपमेयर मन्जु गुरुङले बताइन् ।झार र फोहरका कारण तालमा धुम्न आउने आन्तरिक तथा बाह्यि पर्यटकलाई डुङ्गा सयरमासमेत समस्य झेल्नु परेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।