पद्मश्री कम्पनीले विगत ५ वर्षदेखि ‘लिब्हर’ भन्ने जर्मन कम्पनीसँग सहकार्य गरेर काम गरिरहेको छ । कम्पनीले सडक, बिल्डिङ, पुल निर्माणजस्ता विकास निर्माणमा प्रयोग हुने लिब्हर ब्राण्डका उच्च कोटीका हेभी इक्वीपमेण्ट विक्रीवितरण गर्छ । हाल लिब्हर ब्राण्डका एक्स्याभेटरमा आर ९२०, आर ९२२, आर ९२४ र यसभन्दा ठूलो साइजका उपकरणको विक्री गरिरहेको पद्मश्रीले बताएको छ । त्यसैगरी लोडरहरूमा एल ५२४, एल ५३८ र एल ५५० मोडलका उपकरण विक्री वितरण भइरहेको छ । कम्पनीले ग्राहकहरूलाई लिब्हर ब्राण्डका टावर क्रेन, क्रङ्क्रिट मिक्सिङ प्लाण्ट पनि उपलब्ध गराइरहेको छ । लिब्हर कम्पनीको हेडक्वार्टर स्वीट्जरल्याण्डमा छ ।
पद्मश्री कम्पनीले लिब्हर ब्राण्डका अन्य विभिन्न निर्माणसम्बन्धी उपकरण भिœयाउने तयारी गरिरहेको कम्पनीका कार्यकारी निर्देशक रोहिणी थपलियाले जानकारी दिएका छन् । यस वर्षदेखि नै लिब्हर ब्राण्डको हेभी इक्वीपमेण्टको विक्री शुरू गरिरहेकाले अबका दिनमा निर्माण कार्यमा आवश्यक पर्ने सबै प्रकारका हेभी इक्वीपमेण्ट बजारमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिएका छन् । कम्पनीले आगामी दिनमा लिब्हर ब्राण्डको बुल डोजर, टनेलिङ एस्क्याभेटरलगायत निर्माण कार्यलाई आवश्यक सम्पूर्ण प्रकारका हेभी इक्वीपमेण्ट नेपाल भिœयाउने तयारी गरिरहेको छ । कम्पनीले लिब्हरको स्वीट्जरल्याण्डस्थित मुख्य कार्यालयबाट उच्च कोटीका मेशिन आयात गर्ने गरेको थपलियाले जानकारी गराएका छन् । लिब्हर एक यस्तो कम्पनी हो, जसले एयर बसलगायत हवाइजहाजको पाङ्ग्रा, ल्याण्डिङ सिष्टम, रेलको हाइड्रोलिक सिष्टमलगायत बनाउने गरेको छ । यस अर्थमा पनि लिब्हर ब्राण्डका उपकरण निकै गुणस्तरीय र विश्वसनीय रहेको उनको दाबी छ ।
पद्मश्रीले विक्री गर्ने उपकरण भनेकै ‘गो फर क्वालिटी’ हो । यही नै कम्पनीको मुख्य विशेषता हो । कम्पनीका अनुसार यहाँबाट विक्री गरिने उपकरणका विशेषता भनेकै पहिलो विश्वसनीयता हो, दोस्रो टिकाउ र तेस्रो कामका बेला धोका नहुनु हो । पद्मश्रीद्वारा विक्री वितरण गरिने उपकरणले लगानीभन्दा उत्पादन ज्यादा दिने कम्पनीको दाबी छ ।
कम्पनीले विक्री गर्ने हरेक मेशिनमा वारेण्टीको व्यवस्था रहेको छ । त्यसैगरी, मेशिनका लागि आवश्यक सम्पूर्ण स्पेयर पार्ट्स पनि बजारमा सजिलै उपलब्ध हुने गरेको कम्पनीले बताएको छ । यीबाहेक मर्मतका लागि विज्ञको टोलीले साधन बिग्रिएकै स्थानमा गएर मेशिनरी उपकरण मर्मतको व्यवस्था कम्पनीले गर्दै आएको छ । जर्मनीबाट विज्ञहरूको टोली नेपाल आएर हेभी इक्वीपमेण्ट सञ्चालन तथा मर्मतसम्बन्धी तालीमसमेत प्रदान गर्दै आएको कम्पनीले जानकारी गराएको छ । साथै, नेपालबाट समेत समयसमयमा फ्रान्स, जर्मनीलगायत देशमा तालीमका लागि पठाउने गरिएको छ ।
कम्पनीले आफ्ना सबै ग्राहकलाई सन्तुष्ट पार्दै भविष्यमा आफ्नो कार्यक्षेत्र अझ ठूलो बनाउने योजना राखेको छ । तत्काललाई नेपालका हाइड्रोपावर, सडक निर्माण, सिँचाइलगायत आयोजनालाई लक्षित गरेर तिनमा प्रयोग हुने उपकरण उपलब्ध गराउँदै आएको कम्पनीले आगामी दिनमा अन्य कुनै उच्च कोटीको आधुनिक मेशिन आयो भने त्यो पनि उपलब्ध गराएर ‘कम्प्लिट सोलुशन’ दिने तयारी गरेको छ । त्यस्तै, गुणस्तरीय उपकरण विक्री वितरण गरी मुलुकको एक विश्वसनीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य कम्पनीले लिएको छ ।
पद्मश्री २०२० सालमा स्थापना भएको हो । शुरूमा सःमिलको कामबाट अघि बढेको यस कम्पनीले २०३५ सालबाट भने फर्निचरको उत्पादन शुरू गरेको थियो । आफ्नो व्यवसायलाई निरन्तर अघि बढाउँदै जाँदा यस कम्पनीले २०५० सालदेखि जापानको कार निर्माता कम्पनी माज्दाका गाडीहरू ल्याएर विक्रीवितरण गर्न शुरू गरेको हो । यसै क्रममा हाल यस कम्पनीले २०७४ सालदेखि नेपालको विकास निर्माणमा प्रयोग हुने हेभी इक्वीपमेण्टको व्यवसाय शुरू गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।