स्टेशन बार्बिक्यूमा ग्राहक आफैले बार्बिक्यू बनाएर खाने सुविधा उपलब्ध छ । त्यसका लागि आउटडोरमा चार्कोल ग्रिलयुक्त टेबलको व्यवस्था गरिएको प्रबन्ध निर्देशक विपेन्द्र श्रेष्ठले बताए । चार्कोल ग्रिलबाट टेबलको बीचमा कोइला बालेर बार्बिक्यू गर्न सकिन्छ । ललितपुरको झम्सिखेलमा रहेको रेष्टुराँमा पोर्क चोप, बट्टाई, रेन्बो ट्राउट, ससेजलगायत सेकुवाका परिकार उपलब्ध छन् । बार्बिक्यू सञ्चालनमा आएको करीब डेढ वर्ष भएको छ ।
रेष्टुराँले मदिराप्रेमी ग्राहकका लागि स्वदेशी तथा विदेशी ब्राण्डका मदिरा पनि उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए । रेष्टुराँमा ग्राहकले वाइन, भोड्का ह्विस्की तथा रम आफ्नो छनोटअनुसार लिन सक्ने उनले जानकारी दिए । सफा र स्वस्थ परिकार उपलब्ध गराइने रेष्टुराँमा अन्तरराष्ट्रिय प्रचलनअनुसार खुला भान्साको व्यवस्था गरिएको छ । गाडी भएका ग्राहकका लागि रेष्टुराँले ड्राइभरको पनि व्यवस्था गरेको छ । नेपाल सरकारले मापसे कारबाही कडा गरेपछि यस्तो सेवा उपलब्ध गराइएको श्रेष्ठको भनाइ छ । रेष्टुराँले ड्राइभर सेवा उपलब्ध गराएबापत अतिरिक्त शुल्क नलिने उनले बताए ।
छोटो समयमै यसले आफूले उपलब्ध गराएका परिकार र सेवाका कारण ग्राहकको मन जितिसकेको श्रेष्ठको भनाइ छ । बार्बिक्यूमा ग्राहकको मागअनुसार ८० देखि १ हजार ४ सय रुपैयाँसम्मका परिकार उपलब्ध छन् । ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी रेष्टुराँले पर्याप्त पार्किङको सुविधा उपलब्ध गराएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।