फागुन ८, पोखरा । क्यान कास्कीले आयोजना गरेको नवौं क्यान इन्फोटेकमा ‘भर्चुअल रियालिटी’ प्रविधि प्रदर्शनीमा राखिएको छ । पोखराको न्यूरोडमा रहेको कस्मिक कम्प्लिट सोलुशनले एमएसआई ब्राण्डको उक्त प्रविधिलाई इन्फोटेकमा प्रदर्शनीमा राखेपछि अवलोकनकर्ताको आकर्षण देखिएको हो । ‘इन्फोटेकमा पुग्ने प्रायःको प्रमुख आकर्षण नै भर्चुअल रियालिटी प्रविधि बनेको छ,’ कस्मिकका सञ्चालक पुरुषोत्तम कुँवरले भने, ‘छोटो भर्जुअल रियालिटी फिल्म हेर्न कस्मिकको स्टलमा लाइन लाग्ने गरेको छ ।’
उक्त प्रविधिले जुन भिडियो हे¥यो त्यही ठाउँमा आफू भएको अनुभव हुन्छ । एमएसआई ब्राण्डको भर्चुअल रियालिटी सपोर्ट गर्ने डेक्सटप तथा ल्यापटप प्रदर्शनीले इन्फोटेकमा आकर्षण बढाएको उनले बताए । भर्चुअल रियालिटी प्रविधिका साथै हाई रेञ्जको कम्प्युटर तथा ल्यापटप, क्यास्परस्की एण्टी भाइरस, हनिवेलका मल्टीप्लक, एचडीएम केबललगायत कम्प्युटर एसेसरिज कस्मिकले विक्री तथा प्रदर्शनमा राखेको कुँवरले बताए ।
इञ्जिनीयरिङ कलेजको ‘ई–ब्लड सिष्टम’ र रोबोट
इन्फोटकमा पश्चिमाञ्चल इञ्जिनीयरिङ क्याम्पसका विद्यार्थीले बनाएको ‘ई–ब्लड सिष्टम’ प्रदर्शनीमा राखिएको छ । उक्त प्रविधिबाट अकस्मात रूपमा रगत चाहिएको अवस्थामा आफ्नै मोबाइलमा सुरक्षित भएका नम्बरबाट डाटा हेरेर सम्पर्क गर्न सकिने क्याम्पसका मुख्य प्राविधिक सहायक दीपकराज गिरिले जानकारी दिए । सामान ओसार्न सक्ने रोबोट पनि प्रदर्शनीमा राखिएको उनले बताए ।
इन्फोटेकमा ब्ल्याक बक्स क्यामरासमेत सस्तो मूल्यमा विक्री भइरहेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । जहाजमा ब्ल्याक बक्स क्यामरा जडान गरेजस्तै बस तथा अन्य सवारीमा जडान गर्न मिल्ने उक्त क्यामरा निकै उपयोगी हुने उनले बताए ।
हाजिरीजवाफको उपाधि करुणानिधिलाईयसैबीच, इन्फोटेकको अवसरमा आयोजित कलेजस्तरीय खुला हाजिरीजवाफको उपाधि करुणानिधि एजुकेशन फाउण्डेशनले जितेको छ । सोमवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा बालमन्दिर मावि द्वितीय र राष्ट्रिय मावि तृतीय भएका छन् । ग्लोबल कलिजियट सान्त्वना भएको कार्यक्रम संयोजक घननाथ सापकोटाले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।