पश्चिम तराईमा बसोवास गर्दै आएका थारू समुदायले होली धुमधामसँग मनाउँछन् । थारू बस्तीमा यति बेला होलीको हर्षोल्लास छाएको छ । बडघरिया (थारू समुदायको मुखिया)को घरमा फगुवा सौगात पु¥याई टीका लगाएर एकआपसमा रङ/अबिर दलेर यो समुदायमा होली मनाउने गरिन्छ । होलीको मुख्य दिन बिहानै सबै घरबाट एकएक जना गएर होलिका जलाएको ठाउँमा पाँचपटक फेरो लगाउँछन् । त्यसपछि लोटामा लगेको पानी छ्याप्दै खरानीको टीका र रङ लगाएर होली खेल्न शुरू गरिने जानकारहरू बताउँछन् ।
होलीको पहिलो दिन साँझ गाउँको दक्षिणी क्षेत्रमा गाडिएको सिमलको हाँगामा होलिकाको पूजा गरिन्छ । त्यसपछि सोही काठ घोटेर निस्किएको आगोबाट जलाएको गुइँठा घरघरमा भिœयाइन्छ । गुइँठामा बालेर भित्र्याइएको आगो वर्षभरिका लागि ननिभ्नेगरी जतन गरेर अगेनामा राख्नुपर्ने चलन उक्त समुदायमा छ । यसो गर्दा वर्षभरि भोकमरी नहुने र खाद्यान्न सहज हुने जनविश्वास रहिआएको छ । थारू समुदायले तीन दिनसम्म मनाउने होलीमा पहिलो दिन नदीमा माछा मार्ने, सुँगुर काट्ने र होलिका पूजन गरी आगो भिœयाउने गर्छन् । दोस्रो र तेस्रो दिन क्रमशः रङ तथा हिलो र पानी छ्यापेर रमाइलो गरी होली मनाइने गरिएको दाङ सिसहनियाका सुरज चौधरी बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।