ओम समाज चौबीसै घण्टा दाँतको उपचारमा

Share News

ओम समाज डेण्टल हस्पिटलले दाँतमुखसम्बन्धी समस्याको चौबीसै घण्टा आकस्मिक सेवा दिँदै आएको छ । अस्पतालले दाँतमुखसम्बन्धी जटिल समस्याको उपचार चौबीसै घण्टा उपलब्ध गराउने प्रशासन अधिकृत कृष्ण घिमिरेले बताए । बाङ्गोटिङ्गो दाँत मिलाउने, मुखभित्रको घाउखटिरा, क्यान्सरजस्ता जटिल प्रकृतिका समस्याको उपचार सुविधा अस्पतालमा उपलब्ध छ । साथै, अस्पतालले अनुहारमा रहेका कोठी, दागजस्ता समस्याको सामान्य औषधि तथा शल्यक्रियाबाट समेत उपचार गर्दै आएको छ ।

कपाल नपलाएका ठाउँमा कपाल रोप्ने, बिग्रिएको ओठलाई सामान्य अवस्थामा ल्याउनेजस्ता उपचार सेवा पनि अस्पतालमा उपलब्ध छन् । दक्ष जनशक्ति र आधुनिक प्रविधिबाट उपचार गरिने भएकाले सेवाग्राहीमा विश्वास बढेको अस्पतालका कर्मचारीहरू बताउँछन् । वरिष्ठ सर्जन डा. सुवास घिमिरेको नेतृत्वमा दाँतसम्बन्धी उपचार दिँदै आएको प्रशासक घिमिरेले जानकारी दिए ।

५ वर्षअघि सञ्चालनमा आएको अस्पतालले त्यसयता विभिन्न स्थानमा २ सयभन्दा बढी निःशुल्क दन्त शिविर पनि सञ्चालन गरिसकेको छ । ५० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको अस्पतालले नैकापमा आफ्नो शाखा पनि खोलेको छ । अस्पतालको आफ्नै ल्याब रहेकाले पनि समस्याबारे छिट्टै जानकारी लिन सकिने घिमिरे बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।