लुमन्ती डेण्टल क्लिनिकले अर्थोडेण्टिक (तार बाँधी नमिलेको दाँत मिलाउने) उपचार शुरू गरेको छ । क्लिनिकले विगत ३ वर्षदेखि ललितपुरको पाटनढोकाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । उक्त समयमा क्लिनिक सञ्चालन गर्दा १५ लाख रुपैयाँ लगानी भएको सञ्चालक डा. रिना शाक्यले बताइन् । क्लिनिकमा अहिले जटिलबाहेकका सबै खालको दाँतसम्बन्धी उपचार हुने गरेको छ ।
बिहान १० देखि बेलुकी ७ बजेसम्म खुला रहने क्लिनिकमा सेवाग्राहीको आवश्यकताअनुसार हरेक समयमा उपचार पाउन सकिने शाक्यको भनाइ छ । तर, यस्तो सुविधा नियमित सेवाग्राहीका लागि मात्र उपलब्ध हुन्छ । बङ्गलादेशबाट बीडीएस तथा अमेरिकाबाट पीओएस कोर्स गरेकी डा. रिनाले मोडल हस्पिटलमा ८ वर्षको अनुभव प्राप्त गरिसकेकी छन् । दाँतसम्बन्धी उपचारका लागि आवश्यक उपकरण क्लिनिकमा उपलब्ध रहेको उनको दाबी छ । उनका अनुसार नेपाली जनता केही समयदेखि दाँतसम्बन्धी हरेक समस्याको बारेमा सचेत भइरहेका छन् । पहिले समस्या देखिए मात्र परीक्षणका लागि आउने सेवाग्राहीहरू अहिले नियमित परीक्षणका लागि पनि क्लिनिक आउने गर्छन् ।
दाँत स्वस्थ राख्न हरेक दिन दुईपटक दाँत माझ्नुका साथै प्रत्येक ६ महीनामा नियमित परीक्षण गराउनु राम्रो हुने डा. रिना बताउँछिन् । दाँत तथा मुखसम्बन्धी जनचेतना जगाउन क्लिनिकले विभिन्न समयमा हेल्थ क्याम्प पनि सञ्चालन गर्दै आएको छ । क्लिनिकमा अहिले एक डाक्टर र एक हाइजिनिष्टसमेत पाँच कर्मचारी कार्यरत छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।