अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको सूचीअनुसार अहिले विश्वमा २ हजार २ सय ८ जना अर्बपति छन्, जसमध्ये महिला अर्बपतिको सङ्ख्या २ सय ५६ छ । यिनीहरूको संयुक्त सम्पत्ति गतवर्षको तुलनामा २० प्रतिशत बढेर १ ट्रिलियन डलरमा उक्लिएको छ । यिनीहरूमध्ये पनि आफ्नै पौरखले अर्बपति बन्नेको सङ्ख्या ७२ मात्र छ । गतवर्ष आफ्नै पौरखले अर्बपति बनेका महिलाको सङ्ख्या ५६ थियो । आफै केही गरेर देखाऊँ भन्ने सोच राख्ने महिलाका लागि यिनीहरू प्रेरक व्यक्तित्व हुन सक्छन् ।
चाउ कुनफेई
कुनै समय कारखानाको मामूली कामदार थिइन् चाउ कुनफेई । उनी आफ्नै मेहनतले अर्बपति बनेकी हुन् । फोब्र्सको रियल टाइम नेटवर्थअनुसार बुधवार मार्च ७ मा उनको नेटवर्थ ९ अर्ब ३० करोड डलर थियो । सन् १९९३ मा सेञ्चेनस्थित आफन्तको अपार्टमेण्टबाट घडीका पार्टपुर्जा उत्पादक कम्पनी खोलेर उनले आफ्नो व्यवसाय शुरू गरेकी थिइन् ।
तर, अहिले उनी लेन्स टेक्नोलोजीकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनको कम्पनीले ल्याएको टचस्क्रीन प्रविधि एप्पल, सामसुङ, एलजी, माइक्रोसफ्ट, नोकिया जस्ता मोबाइल फोनमा प्रयोग हुन्छ ।
चान लिवा
चान लिवा रियल इष्टेट व्यवसायी मात्र होइन, समाजसेवी पनि हुन् । उनको कम्पनी ‘फू वाह इण्टरनेशनल ग्रूप’ चीनका ठूला रियल इष्टेट कम्पनीमध्ये एक हो । पेचिङस्थित हङकङ जकी क्लब, रिजेण्ट बिल्डिङ र जिन्वाओ टावर उनको कम्पनीले बनाएका प्रमुख संरचना हुन् ।
पछिल्लो केही वर्षयता चानको कम्पनीले अष्ट्रेलिया र न्यूजिल्याण्डमा रहेका होटलमा पनि लगानी बढाइरहेको छ । फोब्र्सको रियल टाइम नेटवर्थअनुसार बुधवार उनको कुल सम्पत्ति ६ अर्ब १० करोड डलर छ ।
मारियान इलिच
अमेरिकाको तेस्रो ठूलो पिज्जा चेन हो लिटल सिजर्स पिज्जा । यही चेनकी सह–संस्थापक हुन् मारियान इलिच । इलिच बेयोफ इलिच डेट्रोयट रेड विङ्ग्स र मोटरसिटी क्यासिनो होटलकी मालिकसमेत हुन् ।इलिचले आफ्ना स्वर्गीय पति माइक इलिचसँग मिलेर व्यवसाय शुरू गरेकी हुन् । फोब्र्सको रियल टाइम नेटवर्थअनुसार बुधवार उनको कुल सम्पत्ति ५ अर्ब २० करोड डलर छ ।
पोलियाना चू
आफ्नो पारिवारिक व्यवसायबाट अलग रहेर आफ्ना छुट्टै पहिचान स्थापना गरेकी हुन् पोलियाना चूले । उनले चाहेको भए पारिवारिक व्यवसाय होटल तथा क्यासिनो सजिलै प्रवेश गर्न सक्थिन् । अन्य समकक्षीलाई जस्तै उनलाई हङकङको रियल इष्टेट बजारले आकर्षित गर्न सकेन । बरु हङकङको बढ्दो क्यापिटल मार्केटमा आफ्नो भाग्य कोर्ने सोच बनाएर सन् १९९२ मा चूले किङ्ग्सटन फाइनान्सियल ग्रूपको स्थापना गरिन् ।विगत २ वर्षको अवधिमा उनको सम्पत्ति करीब तेब्बर बनेको छ । आफ्नो व्यक्तिगत नेटवर्कको, चीनको खुला शेयर बजारको प्रयोग गरेर उनले किङ्गष्टनलाई पावर हाउसका रूपमा स्थापना गर्दै त्यसलाई मोर्गन स्ट्यान्ली र गोल्डम्यान स्याक्सजस्ता कम्पनीसँग तीव्र प्रतिस्पर्धा गर्न सक्ने बनाइन् । चू हङकङको १४औं धनी महिला हुन् । फोर्ब्सको रियल टाइम नेटवर्थअनुसार बुधवार उनको कुल सम्पत्ति ७ अर्ब १० करोड डलर छ ।
यु याचुन
हङकङको स्टक एक्सचेञ्जमा सूचीकृत रियलइष्टेट डेभलपर लोङ्फोरकी अध्यक्ष यु याचुन रियलइष्टेट व्यवसायमा प्रवेश गर्नुअघि पत्रकार थिइन् । कुनै समय चीनकै सबैभन्दा धनाढ्य महिलाका रूपमा परिचित युले आफ्ना पतिसँग पारपाचुके गरेपछि धनी महिलाको सूचीमा उनको वचस्र्व गुम्यो । यद्यपि, अहिले पनि उनी चीनको तेस्रो धनी महिला हुन् । फोर्ब्सको रियल टाइम नेटवर्थअनुसार बुधवार युको कुल सम्पत्ति ८ अर्ब २० करोड डलर छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।