उपभोक्ता अधिकार सम्बन्धमा जानकारी

Share News
उपभोक्ता हित संरक्षणसम्बन्धमा उत्पादक तथा आयातकर्ताले ध्यान दिनुपर्ने विषय
  • उत्पादन कार्यमा कमसल, सडेगलेका, उपभोग्य मिति समाप्त भएका कच्चा पदार्थको प्रयोग नगर्नेे ।
  • अखाद्य रङ्ग, गलाउने, फुलाउने, आकर्षक देखाउने, अखाद्य रसायनको प्रयोग नगर्ने र उत्पादनस्थल सफा एवम् सुग्घर राख्ने । अखाद्य सारयुक्त पदार्थको प्रयोग नगर्ने ।
  • प्याकिङ गरी विक्री गर्ने खाद्य पदार्थमा उत्पादन मिति, उपभोग्य मिति, खाद्य सम्मिश्रण भण्डार र प्रयोग गर्ने तरीका, मूल्य र तौल उल्लेख गरिनुपर्ने ।
  • विक्री कक्षमा मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने ।
  • खुद्रा व्यापारीलाई विक्री गरेको खाद्य पदार्थमा कुनै कैफियत भएमा वा उपभोग्य मिति समाप्त भएमा त्यस्तो खाद्य पदार्थ फिर्ता लिने ।
  • विक्री कक्षबाट फिर्ता भएका खाद्य पदार्थको प्याकिङमा नयाँ लेबल टाँस गरी वा छपाई पुरानै खाद्य पदार्थ पुनः विक्री नगर्ने । खाद्य अनुज्ञापत्र लिनुपर्ने भए अनुज्ञापत्र लिएर मात्र उत्पादन तथा विक्री वितरण गर्ने ।
विक्रेताले ध्यान दिनुपर्ने विषयहरू
  • थोक तथा खुद्रा विक्रेताले अनिवार्य रूपमा विक्री बिल दिनुपर्छ ।
  • विक्रेताले उपभोग्य मिति उल्लेख भएका वस्तु मात्रै आयात गर्नुपर्छ ।
  • उत्पादन वा आयात भएका वस्तुहरूमा नेपाली वा अङ्ग्रेजी भाषामा स्पष्ट बुझिने गरी लेबल राखिएको हुनुपर्छ ।
  • उपभोग्य मिति समाप्त भएका कैफियत देखिएका वस्तु थोक वा खुद्रा विक्रेताबाट फिर्ता लिने वा नष्ट गर्ने व्यवस्था हुनुपर्छ ।
  • उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल आदिमा केरमेट गर्न नहुने ।
वस्तु तथा सेवा उपभोग गर्दा उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरू
  • खरीद गर्ने सामानको छनोट गर्दा विशेष ध्यान दिने ।
  • खरीद गरिने सामानको परिमाण, मूल्य र गुणस्तर मनासिव छ कि छैन हेर्ने ।
  • प्याकिङमा उत्पादनकर्ताको नाम, ठेगानामा विशेष ध्यान दिने ।
  • विक्रेताले विक्रीकक्षमा मूल्यसूची राखेको छ, छैन वा प्याकिङमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख छ छैन हेर्ने ।
  • प्याकिङमा त्यस्तो वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डारण र उपभोग गर्ने तरीका, तौल, उत्पादन मिति, उपभोग्य मिति उल्लेख गरे नगरेको हेर्ने ।
  • औषधि वा औषधियुक्त पदार्थ भए सोको प्याकिङमा प्रयोग गर्ने तरीका उल्लेख गरे नगरेको हेर्ने ।
  • उपभोग्य मिति नाघेको औषधि, मिनिरल वाटर, बिस्कुट, पाउरोटीलगायतका खाद्य तथा उपभोग्य वस्तुहरू खरीद तथा प्रयोग नगर्ने ।
  • मिति, उपभोग्य मिति केरमेट गरेको वा पुनः लेबलिङ वा छपाइ गरेको वस्तु खरीद नगर्ने ।
  • सामान खरीद गर्दा बिल दिने विक्रेताको कर्तव्य हो भने बिल पाउने उपभोक्ताको अधिकार हो । तसर्थ, बिल लिनेदिने गरी आफ्नो हक सुरक्षित गर्ने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।