उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने कुराहरू

Share News
उत्पादकले उपभोग्य वस्तुमा निम्न कुराहरू उल्लेख गर्नुपर्छ
  • उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर ।
  • खाद्य पदार्थ र औषधिजस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल ।
  • गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर ।
  • उपभोग्य वस्तु उपभोग गर्ने तरीका र सो वस्तु उपभोग गर्दा हुन सक्ने प्रभाव ।
  • उपभोग्य वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मिति ।
  • इलेक्ट्रोनिक, हार्डवेयर तथा यान्त्रिकजस्ता उपभोग्य वस्तुमा सो वस्तुको ग्यारेण्टी, वारेण्टी मिति तथा अन्य आवश्यक कुराहरू ।
  • प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाका लागि अपनाउनुपर्ने कुराहरू ।
  • कुनै उपभोग्य वस्तु कुनै निश्चित समयभन्दा अघि प्रयोग गरेमा बढी राम्रो हुने भए सो कुरा ।
  • उपभोग्य वस्तुमा लाग्ने सबै कर समावेश गरी हुन आउने अधिकतम खुद्रा विक्री मूल्य ।
  • कुनै उपभोग्य वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए सो प्रक्रिया पु¥याई प्रयोग गर्ने र प्रक्रिया नपु¥याई प्रयोग गर्दा हुने हानिसमेत ठूलो अक्षरमा लेख्ने ।
  • स्वास्थ्यलाई हानि पुर्‍याउने खालका पदार्थको लेबलमा अनिवार्य रुपमा ‘यसको सेवन स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनी उल्लेख गर्नुपर्छ ।
  • माथि उल्लेखित लेबलमा उल्लेख गर्नुपर्ने कुरा नलेखिएको उपभोग्य वस्तु कसैले आयात गरेमा त्यस्ता वस्तु आयात गर्ने व्यक्तिले नै त्यस्ता कुराहरू उपभोग्य वस्तुको लेबलमा उल्लेख गरी विक्री वितरण गर्नुपर्दछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।