प्रदेशकेन्द्रित रणनीतिमा घैला तेल

Share News
२०१७ सालबाट नेपालको व्यापार/व्यवसायमा संलग्न राठी घरानाले बजारमा ल्याएको हो घैला तेल । विराटनगर–३ स्थित चन्द्रशिव राइस एण्ड आयल मिल प्रालिबाट घैला तेल उत्पादन हुन्छ । घैला मष्टर्ड तोरीतेल २ सय मिलिलिटरदेखि १५ लिटरसम्मको आकर्षक प्याकमा नेपाली बजारमा उपलब्ध छ । तेल उत्पादक नरेश राठीले घैला तोरीतेलको बजारमूल्य १ सय ६० रुपैयाँ प्रतिलिटर रहेको बताए । भारतसँगको खुला सिमानाले गुणस्तरीय तेल उत्पादन गर्ने नेपाली उत्पादकहरू अनावश्यक प्रतिस्पर्धा र उतारचढावको शिकार हुने गरेको कम्पनी सञ्चालक राठीको भनाइ छ । आमउपभोक्ताले राम्रो वा कमजोर गुणस्तरको उत्पादनबीचको फरक पहिल्याउन नसक्ने भएकाले तेल उत्पादक समस्यामा पर्ने गरेको उनको तर्क छ । नरेश राठी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने तेलको उत्पादन एकै किसिमले नहुने र मिसावटयुक्त कमजोर उत्पादनसँग गुणस्तरीय उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा खिन्न हुने बताउँछन् । बिनाकुनै रोकतोक छिमेकी बजारबाट खुल्लमखुल्ला कम गुणस्तरका तेल भित्रिने क्रमलाई सरकारले थोरै मात्र नियन्त्रण गरे स्वदेशी तेल उत्पादकलाई गुणस्तरीय उत्पादन बढाउन सहज हुने धारणा राठीको छ । पूर्वी नेपालमा तेल उत्पादनको क्षेत्रमा बजार मागको ५० प्रतिशत उत्पादन गरिरहेको घैला तेलले कम्तीमा पनि वार्षिक १० प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको छ । राठी स्वदेशी बजारको अवस्था जेजस्तो भए पनि आकर्षक बजार प्रवद्र्धन नीति सार्वजनिक गर्दै प्रदेश केन्द्रित बजार विस्तार गर्ने योजनामा छन् । प्रतिदिन १५ मेट्रिकटन तेल उत्पादन क्षमता रहेको घैला तेल कम्पनीले हाल कुल क्षमताको ५० प्रतिशत तेल उत्पादन गरिरहेको छ । कम्पनीले हाल ८ मेट्रिकटन प्रतिदिन तेल उत्पादन गरिरहेको छ । घैला तेलले वर्षेनि १० प्रतिशत उत्पादन बढाउँदै लैजाने योजना बनाएको छ । घैला तेलले मुख्य गरी प्रदेशको बजारलाई कब्जा गर्ने रणनीति बनाउने तेल उत्पादक राठीले अभियानलाई बताए । उनले घैलाको बजार विस्तार गर्न कम्पनीले उत्पादित तेलको गुणस्तर कायम राख्ने, नयाँ–नयाँ प्रविधि आत्मसात् गर्दै जाने र बजार प्रवर्द्धन नीतिमा केन्द्रित कार्यक्रमसमेत सञ्चालन गर्ने बताए । स्वदेशी बजारको घैला तेलले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा करीब १ सय जनालाई रोजगारी दिएको छ । पूर्वी नेपालमा उत्पादन हुने घैला तेल स्वदेशमै खपत हुन्छ । निर्यात गर्ने कुनै त्यस्तो ठोस योजनासमेत नभएको तेल उत्पादक राठी बताउँछन् । ‘मानव स्वास्थ्यलाई अत्यावश्यक ओमेगा ३ र ओमेगा ६ दुई तत्त्व मष्टर्ड तेलमा मात्र पाइन्छ,’ उनी भन्छन्, ‘मष्टर्ड तेल स्वास्थ्यका लागि राम्रो हो ।’ घैला तेलले कम्पनीबाट उत्पादन हुने पिना भने भारत निर्यात गर्ने गरेको छ । घैला तेल थोक विक्रेतामार्फत सोझै बजार जाने गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।