सन् १९८४ मा स्थापना भएको सीजी फूड्स नेपालकै पहिलो ब्राउन इन्स्ट्याण्ट नूडल्सको उत्पादन गर्ने कम्पनी हो । त्यसबेला प्रतिमिनेट १ सय २० प्याकेट तयारी चाउचाउ उत्पादन गर्ने क्षमता भएको कम्पनी उपभोक्ताको बढ्दो मागसँगै अहिले नेपाली बजारको प्रमुख उत्पादक कम्पनी बन्न सफल भएको छ । तीनओटा फरक उत्पादन एकाइ भएको सीजीले इन्स्ट्याण्ट नूडल्स, भुजिया, स्न्याक्स, आलु चिप्स, चकलेट वेफर, जुसजस्ता विभिन्न वस्तु उत्पादन गर्दै आएको छ । सीजीका अन्य भगिनी संस्थाले नेचुरल स्प्रिङ वाटर, बियर र चुरोट उत्पादन गर्दै आएको छ ।
कम्पनीले भारत र नेपालमा रहेका उत्पादन केन्द्रबाट उत्पादित वस्तु ३० ओटाभन्दा बढी राष्ट्रमा निर्यातसमेत गर्दै आएको छ । गत वर्षको अक्टोबरमा सीजीले यूरोपमा आफ्नो पहिलो उत्पादन केन्द्र खोलेको थियो । विश्व बजारमा बढ्दै गएको प्रतिस्पर्धा र सीजी फूड्सका उत्पादनको बढ्दो मागसँगै त्यसपछि सर्बियामा कम्पनीको उत्पादन केन्द्र खोलिएको छ । निकट भविष्यमै कम्पनीले बङ्गलादेश, मध्यपूर्व र अफ्रिकामा पनि उत्पादन केन्द्र खोल्ने तयारी गरिरहेको कम्पनीका सहायक महाप्रबन्धक लालबहादुर प्रसादले जानकारी दिए ।
सन् १९८९ मा भैंसेपाटीमा सीजीको स्न्याक्स विभाग सञ्चालनमा आएको थियो । हाल यसका एक्सट्रडेड स्न्याक्स, फ्राइड स्न्याक्स, आलु चिप्स र कन्फेक्सनरीलगायत चारओटा उपविभाग छाता ब्राण्ड क्वीक्सअन्तर्गत रहेका छन् । एक्सट्रडेड स्न्याक्सअन्तर्गत चिजबल्स, चिज रिङ्गस र कर्ली स्न्याक्सजस्ता उत्पादन पर्छन् ।
त्यस्तै, फ्राइड स्न्याक्समा विभिन्न प्रकारका क्र्याकर्स र ष्टिक्स पर्छन् । जसमा चिकेन क्र्याकर्स, पोट्याटो क्र्याक्स, मसला क्र्याकर्स मुख्य हुन् । त्यस्तै, ट्याङ्गी मसला, योेगर्ट मसला, साउर क्रिम र ओनियन एण्ड पिज्जा (भेज)लगायत चार भिन्न स्वादमा उपलब्ध क्वीक्स पोट्याटो चिप्स युवा पुस्तामाझ निकै लोकप्रिय छन् । बजारमा यो १०, २०, ३० र ४० रुपैयाँमा खरीद गर्न सकिन्छ ।
उपभोक्तालाई स्तरीय स्न्याक्सको स्वाद चखाउन यसको प्यालेट इण्डोनेशिया, भारतलगायत राष्ट्रबाट आयात गरिन्छ । कन्फेक्सनरी सेगमेण्टमा कम्पनीले क्वीक्स र जुम ब्राण्डका चकलेट वेफर उत्पादन गर्दै आएको छ ।
हामीले चिज ष्टिक्समा आधारित कर्ली ष्टिक्स लञ्च गरेका छौं । नेपालमा पहिलो पटक लञ्च भएको चिज ष्टिक्स चिज फ्लेबरमा उपलब्ध छ । उपभोक्ताका लागि यो १० र २० रुपैयाँमा उपलब्ध छ । यसको प्याकेटभित्र एउटा क्याण्डी पनि सित्तैमा पाइन्छ । चिजबल्सलगायत चिजमा आधारित उत्पादन बनाउने क्वीक्स नेपालको प्रमुख ब्राण्ड हो । चेडार चिजको प्रयोगबाट बनाइने चिजबल्सका विभिन्न प्रकार उसको भिन्दै स्वाद र गुणस्तरका कारण विगत ३५ वर्षदेखि हरेक वर्गका उपभोक्ताको प्रमुख रोजाइमा पर्दै आएको छ ।सीजीले उपभोक्तालाई गुणस्तरीय उत्पादन दिएर विगत ३५ वर्षदेखि प्रमुख स्न्याक्स उद्योगको स्थान कायम गरिरहेको छ । सीजी क्वीक्स पोट्याटो चिप्स उत्पादन गर्ने नेपालमा एक मात्र केन्द्र हो र उपभोक्तामाझ विश्वास निर्माण गर्ने कुरामा लेजपछिकै यो दोस्रो प्रमुख कम्पनी हो । हामी पोट्याटो चिप्सको उत्पादनमा पनि प्रमुख कम्पनी बन्ने तयारीमा छौं भने चालू आवभित्र चकलेटका विभिन्न भेराइटी ल्याउनेबारे पनि हामी सोचिरहेका छौं ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।