इको पदमार्ग प्रवर्धनमा जुट्न आग्रह

Share News

इको पदमार्ग प्रवद्र्धनमा जुट्न आग्रह
अभियान संवाददाता
पर्वत र म्याग्दीका ग्रामीण बस्तीलाई समेटेर सन् २०११ मा सञ्चालनमा ल्याइएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवद्र्धनका लागि जुट्न सरोकारवालाले जोड दिएका छन् । पदमार्ग सञ्चालन गर्न सके पर्यटक भित्र्याउन निकै सघाउ पुग्ने भन्दै त्यसका लागि सबै पक्ष जुट्नुपर्नेमा जोड दिइएको छ । लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सङ्गम म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा स्थानीय प्रशासन, जिविस, जिल्ला उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले पदमार्ग सञ्चालनमा ल्याउन पहल गरिनुपर्नेमा जोड दिए । 
कार्यक्रममा सहभागीले पदमार्ग सञ्चालनमा देखिएका समस्या समाधान गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन सकेमा कृषि र लघु उद्यमको प्रवद्र्धन गर्न सकिने बताए । समुदायस्तरबाट सञ्चालित पदमार्ग भ्रमण गर्ने पर्यटकले गर्ने खर्च तथा पर्यटन व्यवसायी र समुदायले प्राप्त गर्ने लाभका विषयमा छलफल केन्द्रित थियो । छलफलमा पर्यटक पनि मारमा नपर्ने तथा व्यवसायी र समुदायलाई पनि लाभ हुने गरेर शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिइएको थियो । म्याग्दीको पिप्ले घुमाउने तालदेखि शुरू भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, महरेडाँडा, डाँडाखर्क, टिकोट, खिवाङ पुग्न सकिने पदमार्गको ६ दिने यात्रा गर्न सकिन्छ । 
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पदमार्गबाट हुने आम्दानी स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, सञ्चार र पूर्वाधार निर्माणमा लगाए सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । टानका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष नारायण सापकोटाले दैनिक २० जना पर्यटकको क्षमता रहेको पदमार्गका सामुदायिक लज, विश्रामस्थल तथा होमस्टेको क्षमता बढाउन र पदमार्गको भ्रमण शुल्क वृद्धि गर्न आवश्यक रहेको सुझाव दिए । पदमार्गका प्रवद्र्धक तथा सामाजिक अगुवा महावीर पुनले प्राकृतिक, सांस्कृतिक र सामाजिक हिसाबले ठूलो सम्भावना रहेको सो क्षेत्रमा दिगो पर्यटन प्रवद्र्धनमा स्थानीयको सक्रियता बढ्नुपर्ने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।