आयात प्रतिस्थापनका लागि महत्त्वपूर्ण भूमिका

Share News
घरेलु तथा साना उद्योग विकास समितिले विगतका दिनदेखि नै लघु, घरेलु उद्योगहरूको विकास एवम् प्रवर्द्धन गर्ने काम गरिरहेको छ । देशमा आर्थिक विकासका लागि औद्योगिक वातावरण सृजना गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, विकास तथा विस्तारमा जोड दिँदै उद्यमीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित २९औं राष्ट्रिय अ‍ैद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सञ्चालनमा ल्याएका छौं । समितिले उद्यमशीलता विकासको क्षेत्रमा जोड दिँदै आएको छ । गाउँगाउँसम्म पुगेर यस्ता उद्योग सञ्चालन गरी रोजगारीको अवस्था सृजना गर्ने कार्य समितिद्वारा भइरहेको छ । त्यस्तै, जिल्लामा रहेका उद्यमीलाई सघाउ पुर्‍याउन ऋणको समेत व्यवस्था गरिएको छ । प्रविधिको प्रयोग, शीप विकासलगायतमा समेत समितिले काम गरिरहेको छ । पछिल्लो समय शहरदेखि गाउँसम्मका समुदाय यस्ता उद्योग सञ्चालन गर्न अग्रसर रहेको देखिन्छ । अझ हेर्ने हो भने महिलामा स्वरोजगार बन्न केही गरौं भन्ने भावनाको विकास भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।