बीमा बजारमा जनमानसको पहुँच तबसम्म बढ्दैन, जबसम्म आफ्नै खुशीले बीमा गर्नेको सङ्ख्यामा वृद्धि हुँदैन । अहिले बीमा बजारमा स्वेच्छाले भन्दा बाध्यात्मक अवस्थामा बीमा गर्नेहरू बढी छन् । जसले गरेका छन्, उनीहरूमा पनि बीमा लेखमा उल्लेख विषयवस्तुमा कम बुझाइ रहेको छ । यसले कम्पनीहरूले दाबी भुक्तानीको समयमा समस्या भोगिरहेको अवस्था छ । अर्को कुरा, बीमा भन्ने हुनेखानेले मात्र गर्ने भन्ने बुझाइ बढी पाएको छु । जबकि बीमा निम्न वर्गका मानिसहरूका लागि अझ प्रभावकारी छ । जोखीम वहनका लागि बीमा गरिने हुँदा जसले भोलि समस्या उत्पन्न हुँदा आर्थिक व्यवस्थापनलाई वहन गर्न सक्ने स्थिति हुँदैन, उसका लागि बीमा अपरिहार्य छ । बीमा कम्पनीहरूले पनि व्यवसायलाई भन्दा जनमानसको हितलाई ध्यान दिएर सेवा प्रदान गर्नुपर्ने आवश्यकता देख्छु ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।